कारोबार


साताको पहिलो दिन १२ अंकले बढ्यो सेयरबजार, कसले कमाए धेरै?

साताको पहिलो दिन १२ अंकले बढ्यो सेयरबजार, कसले कमाए धेरै?

नेपालखबर
बैशाख ९, २०८१ आइतबार १५:११, काठमाडौँ

साताको पहिलो कारोबार दिन सेयरबजार हरियो भएको छ। 

बजार परिसूचक नेप्से १२.२९ अंकले बढेर १९८४.४३ विन्दुमा पुगेको हो। 

योसँगै सेयरबजारमा २ अर्ब २५ करोड ९९ लाख ५९ हजार ४ सय ५६ रुपैयाँको सेयर कारोबार भएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार ६३ लाख ९३ हजार २ सय ४५ कित्ता सेयर बिक्रीमा उक्त परिमाणको कारोबार भएको हो। आज बजारमा १७६ कम्पनीको सेयर मूल्य बढ्दा ६३ वटाको घटेको छ र ६ वटाको मूल्यमा कुनै परिवर्तन छैन। 

आज डोल्टी पावर कम्पनीका लगानीकर्ताले ९.८८ प्रतिशत कमाएका छन् जुन आजकै उच्च दरको प्रतिसेयर आम्दानी हो। 

यसबाहेक एनआईसी एसिया लघुवित्त, रुरु जलविद्युत् परियोजना, अपर हेवाखोला हाइड्रो, सर्वोत्तम सिमेन्टलगायतको सेयर बढेको छ। 

त्यस्तै पिपल्स पावर, खानीखोला हाइड्रोपावर, सूर्यज्योति लाइफ इन्स्योरेन्स, गुराँस लघुवित्त र गुर्खाज फाइनान्सलगायतको सेयर घटेको छ। 

सर्वाधिक कारोबारमा भने गुर्खाज फाइनान्स अगाडि छ। कम्पनीको १० करोड २१ लाख ३७ हजारको सेयर कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .