कारोबार


टाटा मोटर्सको म्याक्सचेञ्ज मेला वैशाख १४ देखि

टाटा मोटर्सको म्याक्सचेञ्ज मेला वैशाख १४ देखि

नेपालखबर
बैशाख ११, २०८१ मंगलबार २०:३४, काठमाडौँ

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले म्याक्सचेञ्ज मेला कार्यक्रम आयोजना गर्न लागेको छ।

यस मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा नेक्सन म्याक्स साट्न सकिनेछ।

ग्राहकवर्गको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरु प्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै यस मेलाको आयोजना गरिएको कम्पनीले जनाएको छ।

मेला यहि वैशाख १४ गतेदेखि १६ गतेसम्म टाटा मोटर्सको शोरुम थापाथलीमा आयोजना गर्न लागिएको हो।

म्याक्सचेञ्ज मेलामा टाटा नेक्सन इभी म्याक्सका लागि निःशुल्क फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज तथा एक्सचेन्ज बोनसका साथै बम्पर उपहारमा आइफोन १५ लगायतका आकर्षक उपहारहरु रहेका छन्।  

यस म्याक्सचेञ्ज मेलाको अबसरमा ग्राहकहरूले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सकिनेछन्।

साथै यस कार्यक्रममा सहभागी भई नयाँ टाटा नेक्सन इभी म्याक्स खरिद गरेर भरपुर फाईदा उठाउन कम्पनीले अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .