कारोबार


सरकारी निकायसँग राकुटेन भाइबरले साझेदारी गर्ने

सरकारी निकायसँग राकुटेन भाइबरले साझेदारी गर्ने

नेपालखबर
बैशाख १७, २०८१ सोमबार १४:३१, काठमाडौँ

कलिङ र मेसेजिङ एप्लिकेसन एप राकुटेन भाइबरले सार्वजनिक सञ्चार च्यानलहरू विस्तार गर्न नेपाल सरकारका विभिन्न निकायहरूसँग साझेदारी गर्ने भएको छ।

नागरिकलाई महत्त्वपूर्ण जानकारी तथा आधिकारिक सूचनाहरू प्रदान गर्ने र समुदायको सहभागिता बढाउन नागरिकहरूलाई अन्तर्क्रियात्मक अभियानहरूमा संलग्न गराउने उद्देश्यले उक्त साझेदारी गर्नलागेको कम्पनीले जनाएको छ। 

कम्पनीका अनुसार यस पहलको एक अङ्गको रूपमा राकुटेन भाइबरले प्रयोगकर्ताहरूलाई महत्त्वपूर्ण सार्वजनिक सूचनाहरुमा प्रत्यक्ष पहुँच प्रदान गर्ने समर्पित च्यानलहरूको ठूलो सङ्ख्या प्रस्तुत गर्नेछ। यी च्यानलहरूले नागरिकहरूलाई सरकारका पहल, नीति र सार्वजनिक कार्यक्रमहरूका बारेमा जानकारी गराउनको लागि केन्द्रीकृत हबको रूपमा काम गर्नेछन्।

यसबाहेक राकुटेन भाइबरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग “स्वास्थ्य सूचना”अभियान सुरु गर्न बलियो साझेदारी स्थापना गरेको छ।

स्वास्थ्य सूचना पहलको एक अंशको रूपमा, आम जनताले आधिकारिक दिशानिर्देशहरू र विश्वसनीय स्रोतहरूबाट प्रत्यक्ष रूपमा प्राप्त हुने अन्य महत्वपूर्ण जानकारी, सहित सही र समयमै स्वास्थ्य सम्बन्धी विविध सामग्रीमा पहुँच पाउनेछन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सिनियर हेल्थ एडमिनिस्ट्रेटर डा. प्रकाश बुढाथोकीले भने, ‘स्वास्थ्य सम्बन्धित जानकारी जनमानसमा पुर्याउने हाम्रो प्रयासलाई विस्तार गर्न राकुटेन भाइबरसँग मिलेर काम गर्न पाउँदा अत्यन्त खुसी छौँ।’ 

राकुटेन भाइबर, एसिया पेसेफिकका सिनियर डाइरेक्टर डेभिड चेले भने, ‘राकुटेन भाइबरको गोपनीयता र सुरक्षाप्रतिको प्रतिबद्धताका कारण पनि प्रयोगकर्ताहरूले सरकारी सञ्चारको लागि आधिकारिक र विश्वसनीय स्रोतको रूपमा यस प्लेटफर्ममा विश्वास गर्न सक्छन्। नेपाल सरकारसँगको सहकार्यले पारदर्शिता, संलग्नता र महत्त्वपूर्ण सूचनाहरूमा नागरिकको पहुँच बढाउनका लागि प्रविधिको प्रयोगमा महत्वपूर्ण कदम अगाडि बढेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .