कारोबार


नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाबीच व्यावसायिक सहकार्य गर्ने समझदारी

नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाबीच व्यावसायिक सहकार्य गर्ने समझदारी

नेपालखबर
बैशाख १७, २०८१ सोमबार १५:१४, काठमाडौँ

नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाको व्यावसायिक प्रतिनिधिमण्डलबीच व्यापार र पर्यटन क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ।

काठमाडौंमा भएको अन्तराष्ट्रिय सम्मेलनका क्रममा चेम्बर र क्रोएसियाका व्यावसायिक प्रतिनिधिमण्डलबीच व्यापार सहजीकरण एवं पर्यटन क्षेत्रमा लगानीका विषयमा समझदारी भएको चेम्बर अफ कमर्सले जनाएको छ।

अन्तर्राष्ट्रिय लगानी सम्मेलनका क्रममा चेम्बरले, जलविद्युत, होटल लगायतका क्षेत्रमा १ दर्जन योजनालाई लगानीका लागि सोकेसमा राखेको छ। क्रोएसियाका व्यावसायिक प्रतिनिधिमण्डलसमक्ष चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल अन्तर्राष्ट्रिय लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको बताए।

अन्तर्राष्ट्रिय लगानी सम्मेलनका क्रममा चेम्बर र क्रोएसियाका पदाधिकारीहरुबीच नेपालमा लगानीको वातावरण, प्रतिफल, उपभोक्ता बजार, कानुनी पाटो लगायतका विषयमा छलफल भएको थियो। चेम्बर अध्यक्ष अग्रवालले नेपालमा रहेको श्रमशक्ति, मूल्य, प्रतिफलको सुनिश्चितता लगायतका कारण लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको बताए।

नेपालबाट निर्यातजन्य वस्तुहरुको उत्पादन वृद्धि, भन्सार सहजीकरणजस्ता विषयमा क्रोएसियाको निजी क्षेत्रसँग सहकार्य गर्न नेपाल चेम्बर अफ कमर्स सदैव तयार रहेको अध्यक्ष अग्रवालले बताए।

अध्यक्ष अग्रवालले पर्यटन, जलविद्युत, प्राकृतिक स्रोत, साना तथा मध्यमखाले उद्योगमा लगानीको प्रशस्त सम्भावना रहेकोमा जोड दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .