कारोबार


लगानी सम्मेलन : उद्योग विभागअन्तर्गत ९ अर्ब विदेशी लगानी स्वीकृत

लगानी सम्मेलन : उद्योग विभागअन्तर्गत ९ अर्ब विदेशी लगानी स्वीकृत

नेपालखबर
बैशाख १७, २०८१ सोमबार १५:४७, काठमाडौँ

लगानी सम्मेलनको अवसर पारेर उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ९ अर्ब १३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेका छन्।

उद्योग मन्त्रालयले उद्योग विभागमा आएका प्रस्तावलाई स्वीकृत गरेको हो।  

मन्त्री भण्डारीले ती लगानीकर्ताहरुलाई सोमबार प्रमाणपत्र समेत दिएका छन्। स्वीकृतमध्ये एउटा व्यक्तिगत लगानी चिनियाँ छ। जसको बहुउद्देश्य राखिएको मन्त्रालयले जनाएको छ। इन्भेष्टमेन्ट कम्पनीमार्फत यो लगानी गर्ने प्रतिबद्धता छ।

त्यसमा ६ अर्बको लगानी प्रस्ताव गरिएको छ। यसबाहेक दोस्रोमा एस एण्ड जेजी इन्भेस्टमेन्ट कम्पनी अस्ट्रेलियाको लगानी पनि स्वीकृत भएको छ। बिजनेस कम्प्लेक्स बनाउने भनिएको प्रस्तावमा ३ अर्बको लगानी हुने भनिएको छ।

तेस्रोमा बेलायती लगानीकर्ताको १३ करोड लगानी प्रस्ताव गरिएको छ। यसबाट २ सय किलोवाटको जलविद्युत् आयोजना बनाउने उल्लेख छ। 

नेपालमा विदेशी लगानी स्वीकृत गर्ने दुई निकाय छन्। लगानी बोर्ड र उद्योग विभागले  विदेशी लगानी स्वीकृत गर्ने गर्छ। बोर्डले ६ अर्बभन्दा माथिको लगानी स्वीकृत गर्ने गर्छ भने सोभन्दा कम विदेशी लगानी उद्योग विभागमार्फत स्वीकृत हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .