कारोबार


एभरेष्ट बैंकको वीरगन्ज शाखा र मधेश प्रादेशिक कार्यालय आफ्नै भवनमा

एभरेष्ट बैंकको वीरगन्ज शाखा र मधेश प्रादेशिक कार्यालय आफ्नै भवनमा

नेपालखबर
बैशाख २४, २०८१ सोमबार १३:३५, काठमाडौँ

एभरेष्ट बैंकले वीरगन्ज शाखा र मधेश प्रादेशिक कार्यालयका सेवा आफ्नै भवनबाट थालेको छ। 

आइतबार एक कार्यक्रम गर्दै वीरगन्ज महानगरपालिका १०, आदर्शनगरस्थित एभरेष्ट बैंक लिमिटेडले आफ्नो वीरगन्ज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय सोही नगरको वडा नं. ४ आदर्शनगरमा आफ्नै नवनिर्मित भवनमा स्थानान्तरण गरेको हो। 

उक्त स्थानान्तरण तथा शुभारम्भ कार्यक्रममा वीरगन्ज चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष हरी गौतम, बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्य लगायत सो क्षेत्रका उच्च पदस्थ व्यक्तित्वहरुको उपस्थिति थियो। 

सो कार्यक्रममा बैंकका मधेश प्रदेशका प्रादेशिक प्रबन्धक पुष्प राज उपे्रतीले उक्त नव निर्मित आफ्नै भवनबाट ग्राहकहरुले अझ बृहत र परिष्कृत बैंकिङ्ग सेवा तथा सुविधा सरल, सुलभ र सहज रुपमा उपभोग गर्न सक्ने बताए।   

पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको बैंकमा हालसम्म करिब १४ लाख ग्राहकहरु छन्।

देशैभर १२८ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, प्रादेशिक कार्यालयहरु, १६४ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ। 

बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .