कारोबार


स्वस्तिक हेल्थ केयर सेन्टरमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

स्वस्तिक हेल्थ केयर सेन्टरमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

नेपालखबर
बैशाख २५, २०८१ मंगलबार १६:१, काठमाडौँ

प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले ललितपुरको ताल्छिखेल (सातदोबाटो) मा रहेको स्वस्तिक हेल्थ केयर सेन्टरमा स्वास्थ्य सेवामा छुट पाउने भएका छन्।

बैंक र स्वस्तिक हेल्थबीच अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपीडी टिकटबाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापीलगायतका स्वास्थ्य सेवामा विशेष छुट दिने समझदारी भएको हो। 

समझदारीमा स्वस्तिक हेल्थ केयर सेन्टरका अध्यक्ष डा. अमृश थापा र प्रभु बैंकका प्रमुख मार्केटिङ्ग अफिसर रविन्द्र ढकालले हस्ताक्षर गरेका छन्। 

छुट सुविधा पाउन बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभिलेज कार्डमध्ये कुनै एक स्वस्तिक हेल्थ केयर सेन्टरमा पेस गर्नुपर्नेछ।

स्वस्तिक हेल्थ केयर सेन्टरले निरन्तर स्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ। छिट्टै आकस्मिक उपचारदेखि सघन उपचार लगायतका स्वास्थ सेवाहरु पनि उपलब्ध गराउने सेन्टरको तयारी छ।

सेन्टरमा विभिन्न स्वास्थ्य परीक्षणका प्याकेजहरुमार्फत नियमित स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवाहरुमा १० देखि २५ प्रतिशतसम्मको छुट व्यवस्था छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .