समाज


आज के गर्दा राम्रो, के नराम्रो? हेर्नुस् वैशाख २६ को राशिफल

आज के गर्दा राम्रो, के नराम्रो? हेर्नुस् वैशाख २६ को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
बैशाख २६, २०८१ बुधबार ४:४१, काठमाडौँ

आज बुधबार, २६ वैशाख २०८१ (८ मे २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : नयाँ कार्यको थालनी हुनेछ। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। कुटुम्बको सहयोग मिल्नेछ। कताकता स्मरण शक्तिमा कमी भएको आभास गर्नु हुनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज असल भाव राख्ने। भरिसक्के लामो यात्रा नगर्ने।

वृष : लाभ-हानि, सुख-दुःख बराबरी खालको दिन छ। आँटेको काममा अवरोध आउन सक्छ। प्रेममा बाधा हुन सक्छ। मध्य दिनबाट भने पुनर्मिलनका साथै दाम्पत्य सुख मिल्नेछ। रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ।

भाग्यशाली रङ हरियो हो भने अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४०, सेयर बजारमा ३८, वैदेशिक कार्यमा ४५ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३७ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज कुनै पनि काम गर्ने निर्णय गर्दा ख्याल गर्नु पर्नेछ। अरूको कुभलो नचिताएरै अघि बढेको राम्रो हुनेछ।

मिथुन : सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। लगानी र व्यवसायमा पर्याप्त लाभ मिल्नेछ। आफन्तसँग भेटघाट हुनेछ।

भाग्यशाली रङ निलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६४, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

कर्कट : रोकिएको कामको गाँठो फुक्नेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। कृषि कर्म र व्यावसायिक कामबाट प्रशस्त फाइदा हुनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६५, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खानु राम्रो हुनेछ भने झुट बोल्दै नबोल्नु होला।

सिंह : लाभदायक यात्राको योग छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। स्वादिष्ट भोजनको समेत आनन्द पाइनेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

कन्या : विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ। बन्न लागेको काम बिग्रन सक्छ। ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। कर्मक्षेत्र पनि सङ्घर्षशील रहनेछ। धार्मिक कार्य र तीर्थाटनको योग छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, सेयर बजारमा ३०, वैदेशिक कार्यमा ४० र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

तुला : न्यायिक कार्यमा सफलता मिल्नेछ। मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। सेयर बजार, कलकारखाना र बन्दव्यापारमा फाइदा नै हुनेछ। लाभदायी यात्राको योग छ।

भाग्यशाली रङ सेतो हो भने र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गरेर कामको सुरुआत गर्नु राम्रो हुनेछ। कालो रङको प्रयोग अनुकूल छैन।

वृश्चिक : नयाँ र महत्त्वपूर्ण कार्यको थालनी हुनेछ। सामाजिक प्रतिष्ठा कायम राख्न सेवा र सहयोग गर्ने समय आएको छ। पेसा-व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ। नजिकको व्यक्तिबाट सहयोग पाइनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६७, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

धनु : रोकिएका काम पुनः सुरु हुन सक्छन्। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। प्रेम जीवन सुखद रहनेछ। आकस्मिक लाभ र शुभ समाचार सुन्न पाइनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ५६, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ६९ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

मकर : शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुन सक्छ। प्रेमी/प्रेमिकाका बीच खिन्नता बढ्नेछ। घर-परिवारमा झै-झमेलाको अवस्था आउन सक्छ। साँझमा भने कतै भ्रमणको योजना बन्नेछ। नियमित खर्चसमेत बढ्ने योग छ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४५, सेयर बजारमा ४४, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खानु राम्रो हुनेछ। छलकपटतिर नलाग्नु होला।

कुम्भ : आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ। प्रेम जीवन सफल रहनेछ।

भाग्यशाली रङ निलो हो भने अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ५९, सेयर बजारमा ६३, वैदेशिक कार्यमा ६५ र शिक्षामा  पनि ६५ प्रतिशत नै सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। कालो रङको प्रयोग अनुकूल छैन।

मीन : आँटेको कामबाट फाइदा मिल्नेछ। पढाइलेखाइमा प्रगति हुनेछ। वैदेशिक कार्यमा सफलता मिल्नेछ। रमणीय र सुखद यात्राको योग छ। मनोरञ्जनमा सहभागी भइएला तर बोली वचनमा भने संयमता अपनाउनु पर्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क पनि ६५ प्रतिशत नै रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिँदा पितृ खुशी हुनेछन्। खैरो रङको प्रयोग अनुकूल छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .