कारोबार


अमेरिकी डलरको मूल्य बढ्यो, युरो र पाउन्डको घट्यो, अरु मुद्राको के भयो?

अमेरिकी डलरको मूल्य बढ्यो, युरो र पाउन्डको घट्यो, अरु मुद्राको के भयो?

नेपालखबर
बैशाख २७, २०८१ बिहिबार ५:२६, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलर र दिनारको मूल्य बढ्दा युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राहरुको मूल्य घटेको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९४ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९२ पैसा थियो। 

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ३० पैसा र बिक्रीदर १४३ रुपैयाँ ९५ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४३ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४४ रुपैयाँ २१ पैसा थियो। 

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६७ रुपैयाँ ३१ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १६७ रुपैयाँ २७ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०२ पैसा थियो। 

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५५  पैसा र बिक्रीदर ८७ रुपैयाँ ९५ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ११  पैसा र बिक्रीदर ८८ रुपैयाँ ५१ पैसा थियो। 

आजको लागि कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ३९ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ७० पैसा र बिक्रीदर ४३५ रुपैयाँ ६५ पैसा थियो। 

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३५५ रुपैयाँ २५ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ६० पैसा र बिक्रीदर ३५५ रुपैयाँ १९ पैसा थियो। 

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .