कारोबार


टोफल अब अस्ट्रेलियन भिसाका लागि मान्य

टोफल अब अस्ट्रेलियन भिसाका लागि मान्य

नेपालखबर
बैशाख २७, २०८१ बिहिबार १६:४१, काठमाडौँ

एक विश्वव्यापी शिक्षा र प्रतिभा पहिचान गर्ने संस्था ईटीएसले मे ५, २०२४ देखि लागू हुने गरी विदेशी भाषा (टोफल) आईबीटीलाई सबै अष्ट्रेलियाली भिसाका लागि मान्य हुने घोषणा गरेको छ। 

यो महत्त्वपूर्ण विकासले अष्ट्रेलियामा अध्ययन गर्न, काम गर्न वा बसाइँ सर्न चाहने व्यक्तिहरूलाई नयाँ अवसरहरू प्रदान गर्नेछ। उनीहरूलाई टोफल आईबीटी परीक्षामार्फत आफ्नो अंग्रेजी दक्षता प्रमाणित गर्न सक्नेछन्।

टोफल आईबीटी, अङ्ग्रेजी भाषामा शैक्षिक दक्षता प्रमाणित गर्ने सबैभन्दा रुचाइएको परीक्षण प्रणाली हो र यसलाई अस्ट्रेलियाका १०० प्रतिशत विश्वविद्यालयहरू र विश्वभरका १६० देशहरूमा १२ हजार ५०० भन्दा बढी संस्थाहरूद्वारा स्वीकार गरिएको छ।

टोफल आईबीटी परीक्षालाई मान्यता दिनका लागि गत वर्ष टोफल आईबीटीमा गरिएका परिवर्तनहरूपछि अष्ट्रेलियाको गृह मामिला विभाग (डीएचए)ले समीक्षा गरेको थियो। डीएचएको सम्पूर्ण समीक्षामा सफल भएपछि टोफल आईबीटी भिसा आवेदकहरूको अंग्रेजी भाषामा दक्षता परीक्षणको भरपर्दो माध्यमका रूपमा स्थापित भएको हो। मे ५, २०२४ देखि टोफल आईबीटी परीक्षा दिएका आवेदकहरूले आफ्नो अष्ट्रेलियाको भिसा आवेदनको अंगका रूपमा आफ्नो स्कोर बुझाउन सक्छन्।

अस्ट्रेलिया नेपाली विद्यार्थी तथा पेसाकर्मीहरूले रुचाएको स्थान हो। सन् २०२३ मा ५३,००० भन्दा बढी नेपाली विद्यार्थी तथा पेसाकर्मीहरू अस्ट्रेलियाका विश्वविद्यालय तथा पेसामा आवद्ध भएका थिए। अष्ट्रेलियाले विश्वस्तरको उच्च शिक्षा र अध्ययन पछि काम गर्ने अवसर प्रदान गर्दछ, क्यूएस विश्व विश्वविद्यालय र्‍यांकिङमा उल्लेख गरिएका १०० विश्वविद्यालयहरू मध्ये ९ विश्वविद्यालयहरू अष्ट्रेलियाका छन्।

टोफल आईबीटी परीक्षणको मान्यतासँगै, ईटीएसले अष्ट्रेलियामा शैक्षिक अवसरहरू खोज्ने विद्यार्थी तथा दक्ष कामदारहरूलाई विश्वमा सबैभन्दा व्यापक रूपमा स्वीकृत अंग्रेजी परीक्षण प्रणाली टोफल आईबीटीमार्फत सहयोग गर्नेछ।

नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)का अध्यक्ष शेषराज भट्टराईले अष्ट्रेलियाको भिसा आवेदनका लागि टोफल आईबीटी स्वीकृत हुनु सुखद समाचार भएको बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .