मे महिनामा ९० हजार २११ पर्यटक नेपाल भित्रिएका छन्। विगतका वर्षको तुलनामा १५ प्रतिशत बढीले पर्यटक नेपाल आएका हुन्।
पर्यटन बोर्डका अनुसार गत मे महिनामा ७७ हजार ७०३ पर्यटक भित्रिँदा २०१९ को मे महिनामा ७८ हजार ३२९ पर्यटक भित्रिएका थिए। २०१९ को तुलनामै १५.१६ प्रतिशत पर्यटक भित्रिएका छन्।
नेपाल भित्रने पर्यटकमध्ये भारतबाट ३८ हजार २८८, अमेरिकाबाट ८ हजार ५२७, चाइनाबाट ८ ३८१ पर्यटक भित्रिए।
बंगलादेशबाट ३ हजार ४५८, बेलायतबाट २ हजार ८०२ पर्यटक भित्रिएका छन्। गत वर्षको तुलनामा ४.३ प्रतिशतले पर्यटक घटेका हुन्।
57
Shares
प्रतिक्रिया