सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १८.३८११ प्रतिशत बोनस सेयर बाँड्ने प्रस्ताव गरेको छ।
कम्पनीको ३० गतेको सञ्चालक समितिको बैठकले आव २०७९÷०८० को मुनाफाबाट सेयरधनीलाई उक्त बोनस सेयर दिने प्रस्ताव गरेको हो।
वितरणयोग्य लाभांशबापत चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँको १८.३८ प्रतिशत बोनस सेयर नियमनकारी निकायको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभामा पेस गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ।
30
Shares
प्रतिक्रिया