ad ad

कारोबार


बजेटमा कर फेरबदल : यसो भन्छन् भन्सार, राजस्व र आन्तरिकका हाकिम

बजेटमा कर फेरबदल : यसो भन्छन् भन्सार, राजस्व र आन्तरिकका हाकिम

नेपालखबर
जेठ २२, २०८१ मंगलबार १८:४५, काठमाडौँ

आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमार्फत करमा भएको फेरबदलबारे आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशकले करमा धेरै परिवर्तन नआएको बताएका छन्। 

नेपाल उद्योग वाणिज्य महासंघले गरेको बजेटपछिको छलफलमा मंगलबार बोल्दै आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारीले करमा धेरै परिवर्तन नआएको बताए। केही परिवर्तन भएकोमा गुनासो आएको बताउँदै उनले कुल व्यवसायको फुल अडिट गर्दै आएको उल्लेख गरे। 

यता भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौलाले कच्चा वस्तु र तयारीका वस्तुमा फरक कर निर्धारण गर्न सुझाव आएको बताए। हचुवामा कर फेरबदल नभएको उनको भनाइ छ। उनले सुनमा बढेको कर पनि भारतीय बजार हेरेर गरिएको बताए। भन्सारले व्यवसाय सहजीकरण गर्ने काम भएको उनको भनाइ छ। 

राजस्व अनुसन्धान विभागका महानिर्देशकले कतिपय अवस्थामा भन्सारबाट छुटेका शंकास्पद अवस्थाका गाडी नियन्त्रणमा लिने गरेको र करोडौँ राजस्व उठेको टिप्पणी गरे। उनले गाडी नियन्त्रण स्याम्पलिङबाट गर्ने गरेको बताए।

यसरी ८ सय गाडी नियन्त्रण गर्दा ५ करोड बढी राजस्व संकलन भएको उनको भनाइ छ। पछिल्लो समय भीसीटीएस लागू भएसँगै कतिपय छुटेका गाडी नियन्त्रणमा लिने गरेको उनले बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .