लोकसभामा ४ सयभन्दा बढी सिट ल्याउने दाबी गरेको भाजपा नेतृत्वको एनडीए गठबन्धन ३ सयका लागि संघर्ष गरिरहेको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीको दल भाजपा एक्लै बहुमत ल्याउन असमर्थन त देखिएको छ नै, एनडीए गठबन्धनका २३ वटा घटकको कुल विजय र अग्रता जोड्दा अहिलेसम्म २ सय ९० सिट हुन आउँछ।
भारतमा सरकार बनाउन लोकसभामा २ सय ७२ सिट आवश्यक पर्छ।
यस गठबन्धनका सबै घटकको हिसाब जोड्दा १ सय ५८ सिटमा विजय भएको देखिन्छ भने १ सय ३२ सिटमा अग्रता छ।
त्यसपछि यही गठबन्धनका तेलुगु देशम पार्टीले २ सिट जितेको छ भने १४ सिटमा अग्रता कायम गरेको छ।
जनता दल युनाइटेडले २ सिट जितसहित १२ सिट भरथेग गरिरहेको छ।
उता विपक्षी गठबन्धन ‘इन्डिया’ले यसपालि अपेक्षाभन्दा राम्रो प्रदर्शन गरेको छ।
हालसम्म ९१ सिट जितेको यस गठबन्धनले १ सय ४४ सिटमा अग्रता कायम गर्दै २ सय ३५ सिट पुर्याउने सम्भावना देखाएको छ।
कंग्रेस एक्लैले १ सय सिट नघाउन सक्ने देखिएको छ। उसले ५४ सिट जित्दा ४६ सिटमा अग्रता लिइरहेको छ। यही गठबन्धनको अर्को घटक समाजवादी पार्टीले ३८ सिट जित्ने सम्भावना देखाएको छ।
Shares
प्रतिक्रिया