ad ad

कारोबार


श्री एयरलाइन्सले भरतपुरमा पहिलोपटक गर्‍यो ठूलो जहाजको परीक्षण उडान

श्री एयरलाइन्सले भरतपुरमा पहिलोपटक गर्‍यो ठूलो जहाजको परीक्षण उडान

नेपालखबर
असार ६, २०८१ बिहिबार १२:४, काठमाडौँ

श्री एयरलाइन्सले क्यू४०० ड्यास ८ विमानबाट भरतपुर विमानस्थलमा सफल परीक्षण उडान गरेको छ। 

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकहरुको पहुँच अझ सहज र सुरक्षित गर्ने तथा पूर्व-पश्चिम राजमार्गको केन्द्रविन्दु र व्यापारिक क्षेत्रमा यात्रुहरुको अत्यधिक चापलाई सहज गर्न नियमित उडानको लागि परीक्षण उडान गरिएको श्री एयरलाइन्सले जनाएको छ। 

भरतपुर विमानस्थलमा हवाइ सेवा विस्तार गर्न पर्यटन व्यवसायीहरु तथा विभिन्न क्षेत्रबाट विमान सेवा सञ्चालन गरिदिन अनुरोध भएको पनि कम्पनीले जनाएको छ। 

‘भरतपुर विमानस्थलमा कम्पनीको अत्याधुनिक क्यानडामा निर्मित क्यू ४०० ड्यास विमानबाट बिहीबार पहिलोपल्ट परीक्षण उडान सम्पन्न गरियो’, कम्पनीले भनेको छ, ‘क्यानडाको तत्कालीन बम्बार्डियर हाल डि हेभिल्यान्ड अफ क्यानडा निर्मित ८० सिट क्षमताका क्यु ४०० ड्यास ८ विमान अत्यन्तै आरामदायक, सुरक्षित तथा यात्रुहरुलाई कम ध्वनि अनुभूति दिने र भरपर्दो क्यानाडाको प्राट एण्ड ह्विएनी कम्पनीबाट निर्मित ५४०० साफट हर्षपावरका पीडब्लुआई५०ए इन्जिन जडित भएको विमान हो।’

श्रीले सन् २०१७ बाट ५० सिट क्षमताका २ वटा सीआरजे २०० तथा ७० सिट क्षमताको २ वटा सीआरजे ७०० जेट विमानहरुबाट नेपालको विभिन्न गन्तव्यमा नियमित उडान सञ्चालन सुरु गरेको थियो। 

छोटो समयमा आन्तरिक हवाइ सेवामा उत्कृष्ट सेवा प्रदायक हुन सफलता प्राप्त गरेको कम्पनीले जनाएको छ।

‘श्री एयरलाइन्सले सेवा सुरु गरिसकेपछि यात्रुहरुले सहुलियत भाडादरमा यात्रा गर्न पाएका छन्’, कम्पनीले भनेको छ, ‘सीआरजे २०० / ७०० तथा क्यु ४०० ड्यास ८ विमानहरुबाट काठमाडौं विमानस्थलबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज, धनगढी, पोखरा, सुर्खेत आदि विमानस्थलहरूमा र पर्वतीय उडानहरु नियमित रुपमा हवाइ सेवा सञ्चालन गरिरहेको छ।’

परीक्षण उडानपश्चात् नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति पाएपश्चात् नियमित उडानहरु सञ्चालन गरिने कम्पनीले जनाएको छ।

यसअघि ४२ सिटे जहाजले मात्र नियमित उडान गर्दै आएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .