कुमारी बैंकबाट संस्थापक सेयरधनी लगानीकर्ताहरू धमाधम बाहिरिन थालेका छन्।
यसअघि ५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको बैंकले फेरि करिब १४ लाख कित्ता बिक्रीमा राखेको हो।
बैंकले बिहीबार वीरेन्द्र कुमार साहको नाममा रहेको १३ लाख ८७ हजार २ सय ५८ कित्ता सेयर बिक्रीमा राखेको हो।
पहिलोपटक बिक्रीमा राख्दै बैंकले साहको नाममा रहेको सेयर आफ्नै संस्थापक सेयरधनीहरुलाई किन्न आग्रह गरेको छ।
बैंकले ३५ दिनभित्र केन्द्रीय कार्यालयमा आइपुग्ने गरी आवेदन दिन भनेको छ।
यदि संस्थापक सेयरधनीले उक्त सेयर किन्न नचाहेमा बैंकले पुन: अर्को सूचना जारी गर्दै सर्वसाधारण तथा कम्पनीहरुका लागि आवेदन माग गर्नेछ।
1.9k
Shares
प्रतिक्रिया