ad ad

कारोबार


गोर्खा सेभिङ एन्ड क्रेडिट सहकारी समस्याग्रस्त घोषणा

गोर्खा सेभिङ एन्ड क्रेडिट सहकारी समस्याग्रस्त घोषणा

नेपालखबर
असार ७, २०८१ शुक्रबार १२:१, काठमाडौँ

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले गोर्खा सेभिङ एन्ड क्रेडिट सहकारी समस्याग्रस्त घोषणा गरेको छ।

सर्वसाधारणको करिब ४ अर्ब बचत रहेको उक्त सहकारीलाई मन्त्रालयले बिहीबार समस्याग्रस्त घोषणा गरेको हो।

यसअघि वैशाखमा सहकारी विभागले १५ दिने स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरणको जवाफपछि विभागले मन्त्रालयलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको थियो।

इमानसिंह राई अध्यक्ष रहेको गोर्खा सेभिङ एन्ड क्रेडिट सहकारीले सर्वसाधारणको साढे ४ अर्ब रकम अपचलन गरेको हो।

सहकारीका पूर्वअध्यक्ष डम्बर बहादुर बम्जन तामाङले कर्जा लिएर नतिरेपछि त्यसको असर सहकारीको कर्जा असुलीमा परेको थियो। उनीहरुले लिएको झण्डै डेढ करोड रुपैयाँमा नतिरेका हुन्।

पूर्वसञ्चालक नै कर्जा अपचलनमा संलग्न देखिएपछि अन्य ऋणीहरुबाट सहकारीले कर्जा असुल्न नसकेको हो।

विभागका अनुसार सहकारीका कर्मचारी, सञ्चालक र उनीहरुनिकट व्यक्तिले नै कर्जा अपचलन गरेपछि सहकारीमा समस्या देखिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .