ad ad

कारोबार


पाँचतारे बन्ने भयो सौरहाको होटल सेभेन, धमाधम हुँदै छ स्तरोन्नतिको काम

पाँचतारे बन्ने भयो सौरहाको होटल सेभेन, धमाधम हुँदै छ स्तरोन्नतिको काम

नेपालखबर
असार ७, २०८१ शुक्रबार १४:३७, काठमाडौँ

सौरहाको होटल सेभेन पाँचतारेमा स्तरोन्नति हुने भएको छ। हाल २ तारे होटलमा लगानी थपेर ५ तारे बनाउन लागिएको हो। 

चितवनको सौरहामा २०६७ सालमा स्थापित होटल सेभेन ५२ कट्ठा जग्गामा बनेको छ। हाल होटलमा ४८ कोठा, स्विमिङ पुल, छुट्टै रेस्टुराँ, तीनवटा सेमिनार हल रहेका छन्। 

होटलको लगानी जुटाउन नेक्सजेन म्यानेजमेन्ट र सौरहाको होटल सेभेनबीच वित्तीय परामर्श र व्यवस्थापनको लागि सम्झौता भएको छ।

सम्झौतापत्रमा होटलको तर्फबाट अध्यक्ष हरि प्रसाद पाठक र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराई हस्ताक्षर  गरेका छन्। 

होटलले केही समयभित्रै स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न पाँचतारे स्तरको सुविधा प्रदान गर्ने गरी स्तरोन्नति गरिरहेको छ।

आउने वर्ष होटलको थप ३० वटा कोठा, सेमिनार हल, जिम क्लब, कन्टिनेन्टल रेस्टुराँ बनाउने योजना छ। 

होटलमा पूर्वाधार थप गर्नुपरेकाले थप संस्थापक सेयरधनीहरू ल्याउने र सर्वसाधारणलाई सेयर जारी गरी पुँजीको व्यवस्था गर्ने योजना रहेको होटलका अध्यक्ष हरि प्रसाद पाठकले जानकारी दिए। 

होटलको हालको पुँजी संरचना परिवर्तन, लिमिटेड कम्पनीमा रूपान्तरण, आवश्यक स्रोतको व्यवस्थापन, व्यावसायिक योजना, होटलको बजारीकरण, सर्वसाधारणलाई सेयर निष्काशनलगायत कार्यमा नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि.ले परमर्शदाताको रूपमा सेवा प्रदान गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .