ad ad

कारोबार


नाडा अटो सोमा गाडीका ६ नयाँ ब्रान्ड, चौधरी ग्रुपले मात्रै ३ वटा भित्र्याउँदै

नाडा अटो सोमा गाडीका ६ नयाँ ब्रान्ड, चौधरी ग्रुपले मात्रै ३ वटा भित्र्याउँदै

अवतार ११।


नेपालखबर
असार १८, २०८१ मंगलबार ११:१७, काठमाडौँ

नाडा अटोमोबाइल्स एसोसिएसनले भदौ ११ देखि १६ गते काठमाडौंको भृकुटीमण्डपमा गर्दै छ। भदौमा हुने नाडा अटो सोमा जेठ ३१ देखि असार ५ गतेसम्म सहभागी हुने कम्पनीले दर्ता गराएका छन्।

नाडा अटोमोबाइल्सले हरेक वर्ष चाड पर्वअघि नाडा अटो सो गर्दै आएको छ। अटो सोमा चारपांग्रे र २ पांग्रे नयाँ मोडल भित्रिने गरेका छन्। विगतका वर्षमा नयाँ पेट्रोल डिजेलका गाडी ग्राहकको चासोका विषय हुन्थे भने अहिले विद्युतीय गाडीप्रति चासो बढ्दै गएको छ। 

२०२४ को नाडा अटो सोमा नेपालमा उपस्थिति रहेका टाटा, हुन्डाई, नेटा, स्काई वेल, आयन, सेरेस, किया, सिट्रोन, सुजुकी, डिप्पल, बीवाईडी, ओमोडा, एमजी ब्रान्डले स्टलको लागि दर्ता गरिसकेका छन्। गत हप्तामात्रै सफ्ट लञ्ज गरेको लक्ष्मी ई–मोबिलिटीले केयी ब्रान्डको एक्स३ प्रो ईभी सार्वजनिक गरी बुकिङ सुरु गरेको छ। यो संगै आधा दर्जन बढी चारपांग्रे ब्रान्ड नै भित्रिँदै छन्। 

नेपालमा बिक्री हुने गाडीको ४० प्रतिशत गाडी नाडा अटो सो बुकिङ हुने गरेको अटो व्यवसायीले बताउँदै आएका छन्। अगाडि नाडा अटो सोमा नाडा अटो सो मा ६ वटा नयाँ ब्रान्डको प्रदर्शनीमा राख्ने पक्का भएको छ। नयाँ ब्रान्ड ल्याउनेमा चौधरी ग्रुप सबैभन्दा अघि रहेको छ। सारडा, एमएडब्लु ग्रुपले समेत नयाँ ब्रान्ड भित्र्याउँदै छन्। 

अवतार 
पछिल्लो समय एकपछि अर्को चिनियाँ विद्युतीय सवारी साधन ब्रान्ड नेपाल भित्रिरहेका बेला थप अर्को ब्रान्ड थपिँदै छ। 

चीनमा चर्चित यो ब्रान्डलाई प्रिमियम ईभी ब्रान्डका रुपमा लिइन्छ। अवतार टेक्नोलोजीको अवतार ११ कार नेपाल आउनलागेको हो।

नेपालमा चौधरी ग्रुप सीजी मोटर्सले भित्राउन लागेको यो कार ड्राइभिङ कम्फर्ट हुने कम्पनीले जनाएको छ। त्यसैगरी आकर्षक स्वरुप, नवप्रवर्तन प्रविधिले सुसज्जित छ। 

अवतारको मोटर पावर २३० किलोवाट रहेको छ। सिंगल मोटरले ३१२ टर्क जेनेरेट गर्छ। अधिकतम गति २०० किलोमिटर प्रतिघण्टा रहेको छ। ९० किलोवाट आवर ब्याट्री रहेको छ। गाडीको भेरियन्ट अनुसार न्युनतम रेञ्ज ५८० किलोमिटरदेखि ६३० सम्म रहेको छ। 

अवतार ११ चार हजार आठ सय ८० एमएमको लम्बाइ, १९७० एमएमको चौडाइ र १६०१ एमएम उचाइयुक्त छ। यसको ह्विलबेस २९७५ एमएम र रियर ट्रयाक १६७८ एमएमको छ। 

यसमा एफ आकारको आइकोनिक कर्भेचर एलईडी हेडलाइट क्लस्टर, डिस विनिङ फ्रन्ट आउटलाइन, फ्लोइङ टर्न लाइट, ६ एलईडी हेडल्याम्प, लो बिमसहितको आकर्षक बाहिरी डिजाइन छ। इन्टेरियरतर्फ यो कारमा हलो स्क्रिन, पछिल्लो प्रविधिको संयोजन गरिएको डिस्प्ले छ।

एक्सपेङ
चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले एक्सपेन्ज ब्रान्ड नेपालमा भित्र्याउँदै छ। एक्पेञ्ज जि ६ मोडल नेपालमा ल्याउने तयारी गरेको छ। 
जी–६ २१८ किलोवाटका सिङ्गल मोटर रियर ह्विल ड्राइभ र ३५८ किलोवाटको ड्यूल मोटर अलह्विल ड्राइभ सिस्टम दिएको छ । यसको अधिकतम टर्क ६६० न्यूटन मिटरसम्म जेनेरेट गर्छ। 

एक्सपेङको जी–६ ६६ किलोवाट आवर र ८७.५ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक दिइएको छ ।  जी–६ को रेन्ज ५८० र ७५५ किलोमिटर रहेको दाबी छ। 

एसयूभीको लम्बाई ४७५३ एमएम, चौडाई १९२० एमएम र उचाई १६५० एमएम छ । यसमा २८९० एमएम लामो ह्विलवेस पाउन सकिन्छ । गाडीमा १०.२ इन्चको इन्ट्रुमेन्ट क्लस्टर र १५ इन्चको इन्फोटेन्मेन्ट डिस्प्ले लगायतका फिचर्स रहेका छन्।

रिडाराका पिकअप गाडी गाडी आउँदै 
चिनियाँ गिल्ली होल्डिङ ग्रुपले रिडरा ब्रान्डमा विद्युतीय पिकअप गाडी उत्पादन गर्दै आएको छ। नेपालमा चौधरी ग्रुप अन्तगर्तकै सिजी मोटर्सले आधिकारिक विक्रेता लिएको छ। नाड अटो सोमा रिडाराका पिकअप गाडी राख्न स्टल बुकिङ भैसकेको छ। 

गाडी २ वटा भेरियन्टमा उपलब्ध रहेको छ। ३८५ किलोमिटर रेञ्ज दिने ६३ किलोवाट आवर रहेको एउटा छ भने ५१७ किलोमिटरसम्म गुड्ने ८६ किलोमिटर आवरको अर्को रहेको छ। 

टुह्विल ड्राइभ रहेको गाडीको मोटर पावर २०० किलोवाट रहेको छ। जसले ३८४ एनएम टर्क जेनेरेट गर्छ। टर्निङ राडिउर ६.१ मिटर रहेको छ। डिसी फास्ट चार्जरबाट आधा घण्टामा फुल चार्ज हुन्छ।  

गाडीको डाइमेन्सन हेर्दा ५ हजार २६० एमएम लम्बाइ, ३ हजार १२० एमएम,  चौडाइ १९ सय एमएम र उचाई १८ सय ६५ एमएम रहेको छ। ग्राउन्ड क्लियरेन्स २२१ एमएम रहेको छ। 

लिप मोटर 
चिनियाँ स्टर्टअप कम्पनी विद्युतीय गाडी उत्पादन गर्दै आएको छ। नाडा  अटो सोमा लिप मोटरका विभिन्न मोडलका गाडी प्रदशनीमा राख्ने छ। 

कम्पनीका मुख्यत ३ वटा मोडल रहेका छन्। हचब्याग सेगमेन्टमा टि०३ मोडल रहेको छ। २८० किमि रेञ्ज रहेको छ। सी०१ सेडान सेगमेन्टमा उपलब्ध रहेको छ। सी ०१ मा २०० किलोवाटको मोटर पावर, ३०० एनएम टर्क जेनेरेट गर्छ। 

सि ११ एसयुभी मोडलमा रहेको छ। गाडी एक पटकको चार्जमा ६५० किलोमिटर रहेको छ। गाडीको ह्विलबेस २९ सय ३० एमएम रहेको छ। उत्पादनक कम्पनीले ४ वटा भेरियन्टमा गाडी उत्पादन गरिरहेको छ। 

नामी
एमएडब्लु वृद्धि अटो कर्प प्रा.लिले डङफेङ मोटर्सको नामी ब्रान्डका विद्युतीय गाडी भित्राउँदै छ। ७० किलोवाट क्षमताको मोटर रहेको गाडीले १६० एनएम टर्क जेनेरेट गर्छ।  कम्पनीले हाल ३९ लाख ९९ हजार एमआरपी तोकेको छ। गाडीको टप स्पिड १४० किलोमिटर प्रतिघण्टा रहेको छ। 

डङफेङले आधिकारिक रुपमा २०२३ मा नामी ब्रान्ड लञ्च गरेको थियो। कम्पनीले साना र सस्ता ईभी बनाउने लक्ष्य राखेको छ। गाडीमा ३१.४५ र ४२.३ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। जसले ३३०देखि ४३० किलोमिटरसम्म गुड्ने कम्पनीले दाबी गरेको छ। ८ मिनेट चार्ज गर्दा २०ण् किलोमिटरसम्म गुड्छ। 

नामी ०१ मोडल को लम्बाई ४ हजार ३० एमएम, चौडई १ हजार ८१० एमएम र उचाई १५७० एमएम रहेको छ। गाडीको ह्विलबेस २६ सय ६० एमएम रहेको छ। 

जिकर
जिकर ब्रान्ड नेपालमा आउँदै छ। सारडा ग्रुपले नाडा अटो सोमा गाडी राख्नकोलागि स्टल बुकिङ गरिसकेको छ। नेपालमा निशान, चेरी, ओमडा ब्रान्ड बिक्री गर्दै आएकोमा अब जिकर ब्रान्ड पनि बिक्री गर्ने भएको छ। जिकरको एक्सको रेञ्ज ४४६ किलोमिटर रहेको छ। 

चाइनामा २ वटा भेरियन्टमा रहेको गाडीमा डिअल र सिंगल मोटर रहेको छ। डिअल मोटर रहेको गाडीले ४२५ किमि रेञ्ज र सिंगल मोटरको गाडीले ४४६ किलोमिटर रहेको कम्पनीले उल्लेख गरेको छ। फास्ट चार्जरबाट आधा घण्टामै फुल हुन्छ। ३.८ सेकेन्डमा १०० स्पिड लिन सक्ने कम्पनीले जनाएको छ। 

गाडीमा ६९ किलोवाट आवरको लिथियम आयन ब्याट्री रहेको छ। सेफ्टी रेटिङमा फाइभ स्टार नै पाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .