ad ad

कारोबार


धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिबारे सिफारिस समितिको बैठक निष्कर्षविहीन

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिबारे सिफारिस समितिको बैठक निष्कर्षविहीन

नेपालखबर
असार १२, २०८१ बुधबार १५:३४, काठमाडौँ

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिको बुधबारको बैठक निष्कर्षविहीन बनेको छ।

मंगलबार महान्यधिवक्ताको कार्यालयबाट समितिले नै निर्णय गर्नुपर्ने भन्ने राय आएपछि बुधबार बसेको समितिको बैठकले पनि निष्कर्ष निकाल्न नसकेको हो।

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि अर्थ मन्त्रालयले असार २ गते सिफारिस समिति गठन गरेको थियो।

समितिले पहिलो पटक अन्तवार्ताका लागि छनौट भएका ५ जनालाई बोलाएको थियो। जसमा बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ र अर्का उम्मेदवार सन्तोष श्रेष्ठमात्रै उपस्थित भएपछि समितिले असार ५ गते पुनः दोस्रो पटक अन्तर्वाताका लागि बोलाएको थियो।

दोस्रो पटक पनि ३ जना अनुपस्थित भएपछि समितिले महान्यधिवक्ताको कार्यालयामा रायका लागि पत्राचार गरेको थियो। कानुनतः सिफारिस समितिले ३ जना सिफारिस गर्नुपर्ने व्यवस्था छ।

अन्तर्वातामा नै दुई जना मात्रै उपस्थित भएपछि सिमितिले सिफारिस गर्न सकेको थिएन। मंगलबार महान्यधिवक्ताको कार्यालयले अर्थमन्त्रालयलाई पत्राचार गर्दै दुई जना वा सो अन्तवार्तामा नआएका तर अंकको आधारमा अगाडि रहेकाको नाम समेत संलग्न गरेर सिफारिस गर्न सक्ने राय दिएको थियो।

महान्यधिवक्ताको अन्यौलपूर्ण राय पछि समितिले आजको बैठकमा निष्कर्ष निकाल्न नसकेको हो।

स्रोतका अनुसार अर्थमन्त्री वर्षमान पुन प्रकृया रद्द गर्न लागि परेका छन्।

तर, सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यही समितिबाट सिफारिस गर्नुपर्ने अडानमा देखिएपछि समिति दबाबमा परेको स्रोतको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .