ad ad

कारोबार


विधायन व्यवस्थापन समितिमा पुग्यो नवीकरणीय ऊर्जा विधेयक

विधायन व्यवस्थापन समितिमा पुग्यो नवीकरणीय ऊर्जा विधेयक

नेपालखबर
असार १७, २०८१ सोमबार १६:५५, काठमाडौँ

राष्ट्रियसभाको आजको बैठकले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१’ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । 

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतका तर्फबाट शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले उक्त विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरेकी थिइन्।

सो प्रस्तावलाई सभाको सर्वसहमतिले स्वीकृत गरेको थियो । 

राष्ट्रियसभाको अर्को बैठक यही असार १८ गते मङ्गलबार दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .