पछिल्लो ६ घण्टामा काठमाडौँ उपत्यकाको पनि एक स्थानमा भारी वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाले मंगलबार साँझ ७:१८ बजे दिएको तथ्यांकअनुसार गत ६ घण्टामा ललितपुरको टीकाथलीमा उपत्यकाभित्र सबैभन्दा बढी ६४.२ मिलिमिटर वर्षा भएको हो। ५० मिलिमिटरभन्दा माथिको वर्षालाई भारी वर्षा भनिन्छ।
यसैगरी सो अवधिमा काठमाडौँस्थित मौसम महाशाखाका स्टेसन रहेका ठाउँहरू बबरमहल (मुख्य कार्यालय) मा ३९, बूढानीलकण्ठमा ३३.२, कपनमा ३२.८ तथा धापड्याममा ३२.४ मिलिमिटर वर्षा मापन भएको छ।
यस्तै पछिल्लो ६ घण्टामा सुन्दरीजलमा २५, नैकापमा ६.६ र कीर्तिपुरमा ४.८ मिलिमिटर वर्षा भएको छ।
यसैगरी सो अवधिमा ललितपुरको खुमलटारमा १३.२ मिलिमिटर वर्षा भएको महाशाखाको विवरणमा उल्लेख छ।
4.2k
Shares
प्रतिक्रिया