ad ad

कारोबार


भारतले ‘ग्लोबल इन्डिया एआई’ शिखर सम्मेलन २०२४ को आयोजना गर्दै

भारतले ‘ग्लोबल इन्डिया एआई’ शिखर सम्मेलन २०२४ को आयोजना गर्दै

दिल्लीमा ग्लोबल इन्डिया एआई सम्मेलन हुने भएको छ (फर्स्टपोस्ट)


रासस/एएनआई
असार १७, २०८१ सोमबार १७:३, काठमाडौँ

भारतले आगामी जुलाई ३ र ४ मा नयाँ दिल्लीमा इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयको तत्वावधानमा ’ग्लोबल इन्डिया एआई’ शिखर सम्मेलन २०२४ आयोजना गर्दै छ। 

इलेक्ट्रोनिक्स र आईटी मन्त्रालयका अनुसार, शिखर सम्मेलनको उद्देश्य अन्तर्राष्ट्रिय एआई विशेषज्ञबीच सहयोग र ज्ञान आदान प्रदानलाई बढावा दिने, नैतिक र समावेशी एआई विकासमा भारतको समर्पणलाई सुदृढ पार्नु हो।

ग्लोबल इन्डिया एआई शिखर सम्मेलन २०२४ ले विज्ञान, उद्योग, नागरिक समाज, सरकार, अन्तर्राष्ट्रिय सङ्गठन र शिक्षाविद्लगायत विभिन्न क्षेत्रका हितग्राहीका लागि महत्त्वपूर्ण मञ्चको रूपमा काम गर्नेछ।

सम्मेलनले प्रमुख एआई मुद्दाहरू छलफल गर्न, अन्तर्दृष्टि साझा गर्न र एआई इकोसिस्टमले सामना गर्ने चुनौतीलाई सम्बोधन गर्नेछ। 

शिखर सम्मेलनको आयोजनाबाट भारतले सुरक्षित समाजका लागि फाइदाजनक उन्नत प्रविधिमा ध्यान केन्द्रित गर्दै विश्वव्यापी एआई समुदायमा एक सक्रिय खेलाडीको रूपमा आफ्नो भूमिकालाई पुनः पुष्टि गरिरहेको छ।

आर्टिफिसियल इन्टेलिजेन्स (जीपीएआई) मा ग्लोबल पार्टनरसिपको प्रमुख अध्यक्षको रूपमा भारतले विश्वसनीय एआई अभ्यासहरूमा जीपीएआईको प्रतिबद्धतालाई अगाडि बढाउन सदस्य देशहरू र विशेषज्ञहरूको आयोजना गर्न तयार छ।

शिखर सम्मेलनको उद्देश्य एआई डोमेनमा नेतृत्व गर्ने भारतको क्षमता प्रदर्शन गर्नु हो र एआई लाभमा सबैको पहुँच सुनिश्चित गर्ने देशको लक्ष्यलाई जोड दिई राष्ट्रको सामाजिक–आर्थिक विकासमा योगदान पुर्‍याउनु हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .