ad ad

कारोबार


क्राउड स्ट्राइकको समस्याप्रति राष्ट्र बैंकको चासो, गभर्नरले भने- सजग रहनुहोस्

क्राउड स्ट्राइकको समस्याप्रति राष्ट्र बैंकको चासो, गभर्नरले भने- सजग रहनुहोस्

नेपालखबर
साउन ६, २०८१ आइतबार १७:६, काठमाडौँ

क्राउड स्ट्राइकको सफ्टेवयर अपडेटबाट परेको असरबारे नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरोकारवालाहरुसँग भेट गरेका छन्। 

उनले आइतबार नेपाल क्लियरिङ हाउस, बैंकर्स संघलगायतका संस्थाहरुसँग समस्याबारे छलफल गरेका हुन्। 

बैंकका अनुसार गत शुक्रबार क्राउड स्ट्राइकको सफ्टवेयर अपडेटको क्रममा विश्वव्यापी सूचना प्रविधि सञ्जालमा आएको समस्याले बैकिङ प्रणालीमा परेको असराबारे छलफल भएको छ। 

गभर्नर अधिकारीले छलफलमा आगामी दिनमा आउनसक्ने चुनौतीप्रति सजग रहनुपर्ने बताएको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .