बुधबार सेयरबजारमा ‘करेक्सन’ देखिए पनि लगानीकर्ताले १६ अर्ब रुपैयाँमाथिको कारोबार गरेका छन्।
नेप्से सूचक २७.३४ अंकले घटेर २५३६.११ अंकमा बन्द हुँदा १६ अर्ब २० करोड रुपैयाँको कारोबार भएको हो।
मंगलबार नेप्से ७५ अंकले बढ्दा १४ अर्बको कारोबार भएको थियो। मंगलबार सूचकमा उछाल देखिएपछि बुधबार ‘करेक्सन’ देखिएको हो।
आज ४६ कम्पनीको सेयर मूल्य बढ्दा १९४ कम्पनीको मूल्य घट्न पुगेको छ।
बोटलर्स नेपाल र एसियन हाइड्रोको मूल्यमा सकारात्मक सर्किट लाग्दा चन्द्रागिरि हिल्स, समृद्धि फाइनान्सलगायतका कम्पनीको सर्किट लेभलमा मूल्य बढेको छ। यस्तै घट्नेमा भने चिरख्वा हाइड्रो अगाडि छ। यसको ७.७९ प्रशितले मूल्य घटेको छ।
609
Shares
प्रतिक्रिया