ad ad

कारोबार


सौर्य जहाज दुर्घटना : दुःख व्यक्त गर्दै वायुसेवा निगमले दियो मृतकलाई श्रद्धाञ्जली

सौर्य जहाज दुर्घटना : दुःख व्यक्त गर्दै वायुसेवा निगमले दियो मृतकलाई श्रद्धाञ्जली

नेपालखबर
साउन १०, २०८१ बिहिबार १४:२६, काठमाडौँ

नेपाल वायुसेवा निगमले सौर्य एयरलाइन्सको ९एन एएमई÷सीआरजे२०० जहाज काठमाडौंमा दुर्घटनामा परेकोमा दुःख व्यक्त गरेको छ।

निगमले दुर्घटनामा मृतकहरुमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइते पाइलटको शीघ्र स्वास्थ्यलाभको कामना गरेको हो। 

बुधबार काठमाडौं–पोखरा उडानको क्रममा सौर्य एयरलाइन्सको ९एन एएमई कलसाइन रहेको सीआरजे२०० जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गबाट उडान भर्नेबित्तिकै दुर्घटनाग्रस्त भएको थियो। 

उक्त जहाजमा सवारमध्ये १८ जनाको मृत्यु र १ जना घाइते भएका थिए। 

निगमले भनेको छ, ‘उक्त दुर्घटनामा दिवंगत हुनुभएका सम्पूर्णमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा नेपाल वायुसेवा निगम गहिरो समवेदना प्रकट गर्दछ। साथै, घाइते हुनु भएका चालक दलका सदस्यको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .