ad ad

कारोबार


नेप्से ३२ अंकले बढेको दिन सेयरबजारमा १४ अर्बको कारोबार

नेप्से ३२ अंकले बढेको दिन सेयरबजारमा १४ अर्बको कारोबार

नेपालखबर
साउन १०, २०८१ बिहिबार १५:१७, काठमाडौँ

सेयरबजारमा १४ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। 

साताको अन्तिम कारोबार दिन अघिल्लो दिनको तुलनामा २ अर्ब कमको कारोबार भएको हो। बुधबार बजारमा १६ अर्बको खरिदबिक्री भएको थियो। 

सानिमा जीआईसी इन्स्योरेन्सको ३४ करोडको, हिमालयन लाइफा इन्स्योरेन्सको २४ करोडको, शिवम् सिमेन्टको २३ करोडको, फर्स्ट माइक्रोफाइनान्सको २३ करोडको हिमालयन रिको २० करोडको सर्वाधिक कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

बिहीबार कुल ३ करोड ५५ लाख ९४ हजार ८ सय ६८ कित्ता सेयर बिक्री भएको छ। योसँगै १४३ कम्पनीको सेयर मूल्य बढ्दा ९६ वटाको घटेको र ३ वटाको बुधबारकै मूल्यमा कारोबार भएको छ। 

आज सबैभन्दा धेरै उपकार लघुवित्तका सेयरधनीले कमाएका छन्। कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्दा सेयरधनीले २३६ रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका हुन्। उता जीवन विकास लघुवित्तको ९.९९ प्रतिशत, एसियन हाइड्रोपावर ९.९९ प्रतिशत, गणपति लघुवित्तको ९.९७ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीको ९.९४ प्रतिशतले सेयर बढ्दा लगानीकर्ताले कमाएका छन्। 

आज कम्पनीहरुको अधिकतम ७.६५ प्रतिशतसम्मले सेयर मूल्य घटेको छ। यसअनुसार मितेरी डेभलपमेन्ट बैंकको ७.६५ प्रतिशत, मान्डु हाइड्रोपावर ४.६८ प्रतिशत, एसबीएल डिबेन्चर ३.९२ प्रतिशत, कालिका पावर कम्पनीको ३.८१ प्रतिशतले सेयर मूल्य घटेको छ। 

आजको कारोबारमा विकास बैंक, जलविद्युत्, लगानी र अन्य समूहबाहेक बाँकी उपसूचक हरियो रहे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .