नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षभरि गर्ने कार्यक्रम तथा योजना सार्वजनिक गरेको छ।
बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बजारलाई पारदर्शी बनाउन ११ वटा बुँदा अगाडि सारेको हो।
बोर्डले नीति तथा कार्यक्रममार्फत संरचनागत सुधार तथा क्षमता अभिवृद्धि, प्रभावकारी नियमन, विद्युतीय प्रणालीमा आबद्धता, समयसापेक्ष ऐनको निर्माण, नवीनतम वित्तीय औजारको प्रयोग लगायतका कार्यक्रमहरु अघि सारेका छन्।
बोर्डले धितोपत्र बजारलाई पारदर्शी बनाउँदै नियमनलाई थप मजबुत बनाउने गरी नीति तथा कार्यक्रम पास गरेको हो । बोर्डले १२ वटा बुँदामा चालू वर्षका कार्यक्रमहरु समेटेको छ। जुन निम्न छन्-
- धितोपत्र बजारलाई थप स्वच्छ, प्रतिस्पर्धी र पारदर्शी बनाई बजारको स्थायित्व तथा लगानीकर्ताको हित प्रवद्र्धन गरी धितोपत्र बजारमा जन विश्वास बढाइनेछ।
57
Shares
प्रतिक्रिया