ad ad

कारोबार


अस्ट्रेलियन डलर, युरो र दिनारको मूल्य बढ्यो

अरु विदेशी मुद्राको बढ्यो कि घट्यो?
अस्ट्रेलियन डलर, युरो र दिनारको मूल्य बढ्यो

फाइल तस्बिर


नेपालखबर
भदौ १२, २०८१ बुधबार ५:७, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। 

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५९ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५५ पैसा थियो। 

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४९ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५० रुपैयाँ ३३ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४९ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५० रुपैयाँ २३ पैसा थियो। 

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १७६ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३९ पैसा थियो। 

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ९२ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३३ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ६८ पैसा र बिक्रीदर ९१ रुपैयाँ ०८ पैसा थियो। 

आजको लागि कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ४४० रुपैयाँ ८७ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४४० रुपैयाँ ५६ पैसा थियो। 

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३५७ रुपैयाँ १५ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ०६ पैसा थियो। 

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .