ad ad

कारोबार


पर्यटनमन्त्री पाण्डेसँग कतारी राजदूतको भेट, द्विपक्षीय  हितबारे छलफल

पर्यटनमन्त्री पाण्डेसँग कतारी राजदूतको भेट, द्विपक्षीय  हितबारे छलफल

नेपालखबर
भदौ १८, २०८१ मंगलबार १३:५, काठमाडौँ

संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री प्रसाद पाण्डेसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले शिष्टाचार भेटवार्ता गरेका छन्। 

मन्त्री पाण्डे र राजदूत अन्सारीसहितको भेटवार्ताका क्रममा द्विपक्षीय  हितबारे छलफल भएको हो। 

मंगलबार मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको संस्कृति, पर्यटन क्षेत्रको विकास र समृद्धिका बारेमा छलफल भएको थियो।

छलफलका क्रममा विश्वकै उत्कृष्ट भनिएको कतार एयरयोजले अवलम्बन गरेका रणनीति र नेपाल एयरलाइन्सले अनुसरण गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो।

द्विपक्षीय भेटघाटका क्रममा परराष्टमन्त्रालयका प्रतिनिधि समेत थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .