ad ad

कारोबार


सारफीको अध्यक्षमा गभर्नर महाप्रसाद अधिकारी चयन

सारफीको अध्यक्षमा गभर्नर महाप्रसाद अधिकारी चयन

नेपालखबर
भदौ १९, २०८१ बुधबार १४:१९, काठमाडौँ

अन्तर्राष्ट्रिय संस्था साउथ एसिया रिजन फाइनान्सियल इन्क्लुजन इनिसिएटिभ (सारफी) को अध्यक्षमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी चयन भएका छन्। 

अमेरिकी मुलुक एल्साल्भाडोको राजधानी सान्साल्भाडोरमा जारी एलाइन्स फर फाइनान्सियल इन्क्लिुजन (एफआई) को ग्लोबल पोलेसी फोरमको बैठकले सारफीको अध्यक्षमा गभर्नर अधिकारीलाई चयन गरेको हो।

राष्ट्र बैंकका अनुसार गभर्नर अधिकारीले भर्चुअल माध्यमबाटै बैठकको अध्यक्षता गरेका हुन्। 

बैठकले स्टेट बैंक अफ पाकिस्तानलाई उपाध्यक्ष चयन गरेको छ। यसअघि सारफीका अध्यक्ष माल्दिभ्सका मनिटरी अथोरिटीमा थियो भने राष्ट्र बैंकका तर्फबाट गभर्नर अधिकारी उक्त सञ्जालको उपाध्यक्ष थिए। 

सारफीमा नेपाल राष्ट्र बैंकसहित बंगलादेश, भुटान, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका केन्द्रीय बैंकहरु आबद्ध छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .