ad ad

कारोबार


साताभर २२ अंकले नेप्से घट्दा पनि यी कम्पनी भए बजारका ‘सर्किट ब्रेकर’

साताभर २२ अंकले नेप्से घट्दा पनि यी कम्पनी भए बजारका ‘सर्किट ब्रेकर’

नेपालखबर
भदौ २०, २०८१ बिहिबार १८:२१, काठमाडौँ

गत साता नै बजारमा राताम्मे बनेर घटेको नेप्सेले यो साता सम्हालिने अनुमानका बीच पुनः ओरालो यात्रा नै कायम गर्‍यो। 

गत साता बिहीबार २७४९.५७ अंकमा रहेको नेप्से यो साताको सोही अवधिमा २२ अंकले घटेर २७२७.३६ अंकमा ओर्लिएको हो। 

बजारमा सेयर घट्न नदिन लगानीकर्ता सेयर किनबेच नै नगरी निष्क्रिय बन्दा पनि बजार यो साता सम्हालिन नसकेको हो। 

दैनिक २५ देखि २९ अर्बसम्मको कारोबार गरेका लगानीकर्ताले नेप्सेले २९ अंक तल झरेसँगै कारोबारलाई पनि घटाएर सेयर होल्डको रणनीति अपनाएका हुन्। 

सेयर होल्ड गरे पनि बजारमा अघिल्लो बुलको तर्साइमा परेका लगानीकर्ताले यो पटक पनि प्यानिक सेललाई बढावा दिँदा नेप्से सम्हालिन सकेन। फलतः यो साता दुई कारोबार दिन नेप्से बढे पनि बाँकी ५ दिन भने नेप्से घट्यो। 

यो साताभर लगानीकर्ताले औसतमा ११ अर्बको कारोबार गरे। अधिकतम १२ अर्ब र न्यूनतम ९ अर्बको कारोबार गरेका हुन्। बिहीबार मात्रै १२.१० अंकले घटेको नेप्सेमा ९ अर्ब ५४ करोडको सेयर लगानीकर्ताले किनबेच गरेका हुन्। 

गत हप्ता धेरैमा १९ अर्ब कारोबार गरेका लगानीकर्ताले साताको अन्तिमतिर १२ अर्बको मात्रै कारोबार गरेका हुन्। नेप्से सूचकको वृद्धिसँगै सेयरबजारमा पुनः सक्रियता जनाउने उद्देश्यसहित लगानीकर्ता यो हप्ता पनि ‘पर्ख र हेर’को अवस्थामा बस्दा सूचक र कारोबार रकम दुवैले गति लिन नसकेको हो। 

यो हप्ता आइतबार ५३ अंकले नेप्से घट्दा लगानीकर्ताले १० अर्बको सेयर कारोबार गरेका थिए भने सोमबार १२७ अंकले नेप्से बढ्दा लगानीकर्ताले १२ अर्ब ९१ करोड रपैयाँको सेयर कारोबार गरेका हुन्। 

आइतबार घटेको बजारको मौका छोपेर बजार प्रवेश गर्नेहरुपनि यो दिन देखिए। बजारमा सेयर माग बढेपछि भोलिपल्ट नेप्से बढ्ने अनुमान थियो। तर लगानीकर्ताको अनुमान विपरित सोमबार बढेको बजारले मंगलबार निरन्तरता भने पाएन। 

मंगलबार दिनभर घटेको नेप्से अन्तिममा ६.९४ अंकले बढेर बन्द हुँदा कारोबार भने १३ अर्बको हुन पुग्यो। मंगलबार थामिने प्रयास गरेपनि बुधबार ९० अंकसहित नेप्से घट्दा कारोबार पुनः १२ अर्बमै ओर्लिन पुग्यो। आज अन्तिम दिन बिहीबार पनि १२ अंकले नेप्से घट्दा कारोबार रकम यो साताकै कम भएको हो। 

समग्रमा यो साता सेयरबजार बियरिस मुडमा देखियो। अघिल्लो साताको तुलनामा यो साता दोहोरो अंकले नेप्से घटेको हो। 

यी कम्पनी भए सर्किट ब्रेकर 

आइतबार 
सुपरमाई हाइड्रोपावर 

सोमबार
नेसनल हाइड्रोपावर
बेस्ट फाइनान्स कम्पनी
समृद्धि फाइनान्स
प्रोग्रेसिभ फाइनान्स
एनएलजी इन्स्योरेन्स
रिलायन्स फाइनान्स 
सुपरमाई हाइड्रोपावर

मंगलबार 
एनएलजी इन्स्योरेन्स
सिन्धु विकास बैंक
मातृभूमि लघुवित्त
ग्रिन डेभलपमेन्ट बैंक
वीन नेपाल लघुवित्त
मानुषी लघुवित्त 
विन्ध्यवासिनी हाइड्रोपावर

बुधबार 
एक्सेल डेभलपमेन्ट बैंक 
वीन नेपाल लघुवित्त 
समुदायिक लघुवित्त
समाज लघुवित्त 

बिहीबार 
आत्मनिर्भर लघुवित्त 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .