ad ad

कारोबार


मन्त्रालयको पत्रसँगै प्राधिकरणले हटायो टिकटकको प्रतिबन्ध

मन्त्रालयको पत्रसँगै प्राधिकरणले हटायो टिकटकको प्रतिबन्ध

नेपालखबर
भदौ २१, २०८१ शुक्रबार १४:४६, काठमाडौँ

नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा र मोबाइल सेवा प्रदायकलाई टिकटकको प्रतिबन्ध हटाउन औपचारिक सूचना निकालेको छ। 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्राधिकरणलाई प्रतिबन्ध फुकुवाको लागि पत्र पठाएपछि प्राधिकरणले टिकटक सञ्चालनमा अवरोध नगर्न भनेको हो। 

योसँगै लामो समयदेखि प्रतिबन्धित टिकटक पुनः चल्नथालेको छ। प्राधिकरणले मन्त्रिपरिषद् बैठकले यही भदौ ६ गते प्रतिबन्ध हटाउने निर्णय गरेकाले अर्को निर्णय नहुँदासम्म भएको रोक नलगाउन सेवाप्रदायकहरुलाई भनेको छ। 

यसअघि नेपाल दूरसञ्चार प्राधिकरणलाई मन्त्रालयले प्रतिबन्ध फुकुवा गर्न भन्दै पत्र पठाएको थियो। 

सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले भने, ‘अस्ति र हिजो (बुधबार र बिहीबार) टिकटकका प्रतिनिधिहरुसँग छलफल भएको थियो। त्यसमा उनीहरु नेपाल सरकारका सबै शर्त मान्न तयार भएपछि नेपाल दूरसञ्चार प्राधिकरणलाई टिकटक पूर्ण रुपमा खोल्न मन्त्रालयले पत्र पठाएको हो।’

यो पनि- 

टिकटकको प्रतिबन्ध हटाउन सञ्चार मन्त्रालयले प्राधिकरणलाई पठायो पत्र

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .