ad ad

कारोबार


शनिबार काठमाडौंमा सीएफमोटो ४५०एमटी र २५०एनके टेस्ट राइड हुने

शनिबार काठमाडौंमा सीएफमोटो ४५०एमटी र २५०एनके टेस्ट राइड हुने

नेपालखबर
भदौ २१, २०८१ शुक्रबार २१:१५, काठमाडौँ

सीएफमोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले हालै सम्पन्न नाडा अटो शो २०२४ मा विशेष चर्चा पाएको सीएफमोटोको पछिल्लो मोडल ४५० एमटीको टेस्ट राइड इभेन्ट आयोजना गर्ने घोषणा गरेको छ।

भोलि शनिबार विहान ११ बजे पश्चात नक्सालस्थित सीएफमोटो शोरुममा सो इभेन्ट आयोजना हुने कम्पनीले जनाएको छ।

भर्सटाइल एड्भेन्चर टुरर सीएफमोटो ४५० एमटीले यसको अद्वितीय पर्फमेन्स र यसमा भएका एड्भान्स्ड फिचरका कारण नाडामा धेरैको ध्यान खिचेको थियो। ४५० एमटीका साथमा सीएफमोटोको अर्को लोकप्रिय मोडल २५० एनके समेत टेस्ट राइडका लागि उपलब्ध हुनेछ।

सम्भावित ग्राहकहरुको सहजताका लागि अन द स्पट फाइनान्स सुविधा र अन द स्पट भ्यालुएसन सुविधा समेत उपलब्ध हुनेछ। यसबाट पुराना कुनै पनि मोडलका बाइकसँग सीएफमोटो बाइक साट्न सहज हुनेछ।

कम्पनीका अनुसार सीएफमोटो २५० एनके सिटी राइडका लागि उपयुक्त छ। यसमा २४९।५ सीसीको सिंगल सिलिन्डर इन्जिन छ, जसले २०।५ किलोवाट पावर र २२ एनएम टर्क जेनेरेट गर्छ।

१५८ किलोग्राम मात्र तौल भए तापनि यो बाइकमा स्लिपर क्लचका साथै सुरक्षाका लागि ड्युअल च्यानल एबीएस, सहज सूचनाका लागि एलसीडी डिस्प्ले र लामो दुरीको यात्राका लागि १२.५ लिटरको इन्धन ट्यांकी उपलब्ध छ। यसमा भएको १५० एमएम ग्राउन्ड क्लियरेन्सका कारण विभिन्न प्रकारको सडक यात्राका लागि उपयुक्त छ।

इभेन्टको मुख्य आकर्षण सीएफमोटो ४५० एमटीमा ४४९.५ सीसी ट्विन सिलिन्डर इन्जिन छ, जसले ४४ पीएस पावर र ४४ एनएम टर्क जेनेरेट गर्छ। १७५ किलोग्राम तौल भएको सो एड्भेन्चर टुरर बाइक हलुका र छरितो छ। परिस्कृत स्थिरताको लागि यसमा रियर स्विचेबल बोसको ड्युअल च्यानल एबीएस तथा बोसकै ट्रयाक्सन कन्ट्रोल सिस्टम (टीसीएस) छ।

यसमा भएको कर्भ्ड टीएफटी कलर डिस्प्लेले बाइकमा मोडर्न टच थपेको छ भने १७.५ लिटरको इन्धन ट्यांकीले लामो दुरीको यात्रामा पटक पटक इन्धन भर्नुपर्ने झन्झटबाट मुक्ति दिन्छ।

त्यसैगरी यसमा भएको २१ इन्च र १८ इन्चको ट्युबलेस टायर सहितको अलोय ह्विलले एड्भेन्चरका लागि उपयुक्त मोडलको पहिचान कायम गरेको छ भने र मेटल तथा रबर अफरोड पेडलले जुनसुकै टेरेन्सका लागि पनि यसलाई उपयुक्त बनाएको छ।

सीएफमोटोका विभिन्न आकर्षणहरु प्रत्यक्ष अनुभव गर्ने अवसर नछुटाउन सीएफमोटो नेपालले अनुरोध गरेको छ। एड्भेन्चर रुचाउने उत्साही वा सिटी राइडर जे भए पनि उच्च स्तरीय पर्फमेन्स र स्टाइल उपलब्ध गराउने उद्देश्यका साथ यी मोडल डिजाइन गरिएको समेत कम्पनीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .