ad ad

कारोबार


साढे ५ अर्बको सेयर कारोबारमा १० कम्पनीका लगानीकर्ताले मात्रै कमाए

५९ अंकको पहिरोपछि २५०० बाट ओर्लियो नेप्से
साढे ५ अर्बको सेयर कारोबारमा १० कम्पनीका लगानीकर्ताले मात्रै कमाए

नेपालखबर
असोज ८, २०८१ मंगलबार १५:४७, काठमाडौँ

सेयर बजार परिसूचक ५८.९३ अंकले घटेको छ। नेप्से २५ सयको विन्दुबाट पनि ओर्लिएको हो। 

नेपाल स्टक एक्सचेन्जका अनुसार दोहोरो अंकले घटेको बजारमा ५ अर्ब ६८ करोड ९५ लाखको मात्रै किनबेच भएको छ। १ करोड ५५ लाख ४ हजार कित्ता सेयर बिक्रीमा उक्त कारोबार भएको हो। 

मंगलबार १० कम्पनीका लगानीकर्ताले मात्रै कमाएका छन्। २ सय ३३ कम्पनीका लगानीकर्ताले भने प्रतिसेयर नोक्सानी व्यहोरेका छन्। एक कम्पनीको सेयरमा भने कुनै परिवर्तन भएको छैन। 

आज स्वरोजगार लघुवित्त ८.८१ प्रतिशत, अपर स्यांग्बे हाइड्रोपावर ७.८३ प्रतिशत, एनआईबीएल ग्रोथ फन्ड ४.८५ प्रतिशत, इङवा हाइड्रोपावर ४.१४ प्रतिशत, नबिल ब्यालेन्स फन्ड–३ ४.०८ प्रतिशतले बढेको छ। 

गिरावटतर्फ हिमालयन हाइड्रोको नकारात्मक सर्किट लाग्दा बाँकी कम्पनीहरुको अधिकतम ८.७४ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी भएको छ। 

आज सर्वाधिक कारोबार एनएलजी इन्स्योरेन्स कम्पनीको १८ करोड, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १७ करोड, हिमालयन रि इन्स्योरेन्सको १४ करोड, अपि पावरको १३ करोड ५५ लाखको सेयर कारोबार भएको छ। 

आज सेयर बजार पुँजीकरण ३९ खर्बको र तरलता १३ खर्ब ८२ अर्बको रहेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .