ad ad

कारोबार


ललितपुरको पाटनमा ज्वेलरी एक्स्पो हुने

ललितपुरको पाटनमा ज्वेलरी एक्स्पो हुने

नेपालखबर
असोज ८, २०८१ मंगलबार १८:३८, काठमाडौँ

ललितपुरको पाटनमा ज्वेलरी एक्स्पो हुने भएको छ।

ललितपुर रत्न तथा आभूषण संघ र रोटरी क्लव अफ पाटन हेरिटेजले मंगलवार पत्रकार सम्मेलन गरी यही असोज ११ देखि १३ गतेसम्म पाटन दरबार क्षेत्रको भण्डारखालमा ‘पाटन हेरिटेज एण्ड ज्वेलरी एक्स्पो–२०२४’ आयोजना गर्ने जानकारी गराएको हो।

ज्वेलरी व्यवसायको प्रवद्र्धनका लागि सो एक्स्पो आयोजना गर्न लागिएको ललितपुर रत्न तथा आभूषण संघका अध्यक्ष कृष्णलाल महर्जनले जानकारी दिए। सो एक्स्पोमा करिव ५० हजारले अवलोकन गर्ने अपेक्षा गरिएको छ। अध्यक्ष महर्जनले एक्स्पोमा राम्रो विक्रीवितरण हुने विश्वास समेत व्यक्त गरे।

उनले भने, ‘यही असोज ११, १२ र १३ गते हुने जेम एण्ड ज्वलरी एक्स्पोमा पाटन दरबार स्क्वाएर भण्डारखालमा हुँदैछ। त्यसका लागि सबै तयारी पूरा भएको उहाँहरुलाई जानकारी गराउँदै यहाँहरुलाई यसमा अवलोकनका लागि आउन अनुरोध गर्दछु। साथसाथै यो आयोजना गरेको भनेको यहाँ यो मन्दीको टाईममा जुन एक्स्पो गर्दैंछौं। यसले व्यापार व्यवसायमा केही प्रमोट होला कि भन्ने आशा गरेका छौं। यसमा लगभग ५० हजार भन्दा बढी मान्छेहरु आउँछन् भन्ने हाम्रो अपेक्षा छ। र कारोबार पनि राम्रै होला भन्ने आशा छ।’

एक्स्पोमा सांस्कृतिक, व्यापारिक, फुड र पर्यटन प्रर्वद्धनात्मक लगायतका गरी २५ वटा स्टल रहनेछन्। स्थानीय कालिगढ, रत्न तथा आभुषण उद्यमी तथा व्यापारिक क्षेत्र सो एक्स्पोबाट प्रत्यक्ष रुपमा लाभान्वित हुने अध्यक्ष महर्जनले विश्वास व्यक्त गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .