लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआईसी)ले हकप्रद सेयर बिक्री गर्ने अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ः०.८८४५ अनुपातमा २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद जारी गर्न अनुमति दिएको हो।
२ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी सेयर बढाउनका लागि कम्पनीले हकप्रद सेयर जारी गर्न लागेको हो।
नेपाल बीमा प्राधिकरणले जीवन बिमा कम्पनीहरुले न्युनतम चुक्तापुँजी ५ अर्ब अनिवार्य पुर्याउनुपर्ने व्यवस्था गरेको छ।
त्यसैले कम्पनीले हाल रहेको चुक्तापुँजीमा हकप्रद जारी गरेर चुक्ता पुँजी ५ अर्ब पुर्याउने योजना अघि सारको हो।
हकप्रद सेयर निष्काशनका लागि कम्पनीले नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।
33
Shares
प्रतिक्रिया