काठमाडौंबाट पूर्वका ४ पहाडी जिल्ला पुग्न ५ जिल्ला घुम्नुपर्ने भएको छ। काठमाडौंबाट बीपी राजमार्गको सिन्धुली हुँदै पहाडी जिल्ला पुग्ने सकिनेमा अब चितवन भएर जानुपर्ने भएको हो।
बीपी राजमार्ग हुँदै सिधै खोटाङ पुग्ने गाडी अब ५ जिल्ला घुमेर मात्रै सदरमुकाम हलेसी पुग्न सकिने भएको हो।
काठमाडौंबाट सोलुखुम्बु, ओखलढुंगा, खोटाङ र भोजपुर पुग्न घुर्मिहुँदै जानुपर्छ। दशैंअघि बीपी राजमार्ग खोल्ने सम्भावना कम भएकाले व्यवसायीले चितवन–हेटौंडा हुँदै गाडी घुमाएर लैजाने भएका हुन्।
उदाहरणका लागि बीपी राजमार्गको खुर्कोटबाट घुर्मी हुँदै हलेसी पुगिन्थ्यो। खोटाङको सदरमुकार घुर्मीबाट १ घण्टामै जयरामघाट हुँदै हलेसी पुग्न सकिन्छ।
खोटाङ यातायात व्यवसायी महासंघका महासचिव रामकुमार हिङमाङले सुमो र बस चितवन पुगेर हेटौंडा हुँदै हलेसी जानुपर्ने बाध्यता रहेको बताए।
काठमाडौँ–खोटाङसहितका ४ जिल्ला पुग्न नयाँ रुटको रुपमा काठमाडौं–मुग्लिन–नारायणघाट–हेटौँडा–सिन्धुली–कटारी–घुर्मी हुँदै ४ जिल्ला पुग्नुपर्छ।
Shares
प्रतिक्रिया