ad ad

कारोबार


फेरि रोकियो धितोपत्र बोर्ड अध्यक्षका लागि लिइने अन्तर्वार्ता

अन्तर्वार्ता लिने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नै अनुपस्थित
फेरि रोकियो धितोपत्र बोर्ड अध्यक्षका लागि लिइने अन्तर्वार्ता

नेपालखबर
असोज १८, २०८१ शुक्रबार ११:२०, काठमाडौँ

नेपाल धितोपत्र बोर्डका अध्यक्षका लागि लिइने अन्तर्वार्ता पुन: रोकिएको छ।

आज बिहान ८ बजे अर्थ मन्त्रालयमा बोर्ड अध्यक्षका उम्मेदवारको अन्तर्वार्ता तथा प्रस्तुतीकरण गर्ने भनिए पनि अन्तर्वार्ता लिन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा शिवराज अधिकारी नै अनुपस्थित भएपछि प्रक्रिया रोकिएको हो।

अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले अन्य सिफारिस समितिका अन्य दुई सदस्य उपस्थित भए पनि डा अधिकारी अनुपस्थित भएपछि अन्तर्वार्ता रोकिएको बताए। उनले आधिकारिक रूपमा डा अधिकारी अनुपस्थित हुनुको काराण अर्थ मन्त्रालयमा नआएको बताएका छन्।

डा अधिकारी बिनासूचना अन्तर्वार्तामा अनुपस्थित भएका हुन्।

३ सदस्यीय सिफारिस समितिले यसअघि अनुपस्थित तीन उम्मेदवारलाई अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि आजको समय तोकेको थियो। 

अध्यक्षका आकांक्षी धितोपत्र बोर्डकै कार्यकारी निर्देशक डा नवराज अधिकारी, नेपाल बिमा समितिका तत्कालीन अध्यक्ष चिरञ्जिवी चापागाईं र नेपाल स्टक एक्स्चेन्जका कृष्णबहादुर कार्कीलाई अन्तर्वार्ताका लागि बोलाइएको थियो।

यसअघि तीनपटकसम्म अन्तर्वार्तामा नआएका उनीहरूलाई फेरि नयाँ सिफारिस समिति गठन भएर आजका लागि अन्तर्वार्तामा बोलाइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .