ad ad

कारोबार


अब ढुवानीका लागि सवारीसाधन चाहिए एपबाटै बुक गर्न मिल्ने

अब ढुवानीका लागि सवारीसाधन चाहिए एपबाटै बुक गर्न मिल्ने

नेपालखबर
असोज १९, २०८१ शनिबार १६:३२, काठमाडौँ

ढुवानी सवारी साधनको विस्तृत जानकारी राख्नका लागि लोडबोड एप सञ्चालनमा आएको छ।

लोडबोड कम्पनीले एक कार्यक्रमबीच एपको शुभारम्भ गरेको हो। ढुवानी व्यवस्थापनका लागि कम्पनीले एप निर्माण गरेको कम्पनीका अध्यक्ष श्रीमन कार्कीले बताए। 

कम्पनीले दुई वर्षको मेहनतबाट निर्माण गरेको र शुक्रबारदेखि एपको सफ्ट लन्च गरेको उनले जानकारी दिए। एपबाट व्यवसायी, मालवाहक सवारीसाधन धनी, चालक, सहचालक तथा सरकारले समेत लाभ लिनसक्ने उनको भनाइ छ। 

ढुवानी व्यवसायीलाई व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउनका लागि एप निर्माण गरेको उनले जानकारी गराए। एप्लिकेसनबाट ढुवानी व्यवसायसँग आवद्ध व्यक्ति तथा निकायले सबै खालका सूचना प्राप्त गर्नेछन्। एपले मालवाहक सवारी साधनले बहन गरेको लोडको पनि रेकर्ड राख्ने उनले बताए। 

त्यस्तै कम्पनीकी कर्मचारी रोशनी श्रेष्ठले कम्पनीले सरकारले स्थापना गरेको १८ वटा तौल पुलमा एपको कनेक्शन जडान गरेको जानकारी दिए। 

एपले सवारी साधनको तत्कालको लोकेशन पता लगाउने, सवारी साधनको ब्लु बुक, इन्स्योरेन्स, रुट पर्मिटको अवधि सकिएको पनि नोटिफिकेसन पनि दिने पनि बताए। 

जसका कारण सवारी साधन अतिरिक्त जरिवानाबाट बच्न सक्ने उनको भनाइ छ।

सवारी साधनले कुनै चेक पोइन्ट छलेको छ भने पनि त्यसको नोटिफिकेसन दिनेछ। ट्रिप डिटेल र सवारी साधनको तत्कालको अवस्थाको बारेमा जानकारी दिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .