कारोबार


आज चीनबाट ल्याइँदै ८ लाख डोज खोप

आज चीनबाट ल्याइँदै ८ लाख डोज खोप

नेपालखबर
जेठ १८, २०७८ मंगलबार ०:३८,

चीनले नेपाललाई सहयोग गरेको कोरोनाविरुद्ध खोपको ८ लाख डोज आज काठमाडौं ल्याइँदै छ।

सोमबार राति ११ बजे चीनको राजधानी बेइजिङ उडेको नेपाल वायु सेवा निगमको विमानले कोरोनाविरुद्ध चिनियाँ खोपका ८ लाख डोज आज दिउँसो त्रिभुवन विमानस्थल ल्‍याइपुर्‍याउने भएको हो। 

खोप लिएर विमान आज दिउँसो साढे २ बजेतिर आइपुग्ने नेपाल वायु सेवा निगमले जनाएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको अनुरोधपछि चीनका राष्ट्रपति सी चिनफिङले सहयोग गर्ने घोषणा गरेको १० लाख डोज खोपमध्ये अहिले ८ लाख डोज ल्याइने भएको हो।

यसअघि पनि चीनले नेपाललाई खोप, भेन्टिलेटरलगायत स्वास्थ्य सामग्री सहयोग गरिसकेको छ। चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले पनि नेपाललाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ। 

यो पनि : डा. बाबुराम भट्टराई भन्छन्: ‘सेरेमोनियल’ राष्ट्रपतिपलाई भीख माग्न लगाउने, खै लाजशरम!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .