कारोबार


सांग्रिला मोटर्सले ल्यायो ‘ड्राइभ नाउ, पे लेटर’ अफर

सांग्रिला मोटर्सले ल्यायो ‘ड्राइभ नाउ, पे लेटर’ अफर

नेपालखबर
असोज ७, २०७९ शुक्रबार ११:३०, काठमाडौँ

सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले चाडपर्वको समयमा आफ्नो सबैभन्दा ठूलो अफर ‘ड्राइभ नाउ, पे लेटर’ ल्याएको छ । 

दशैं, तिहार र छठ भर मान्य हुने यो चाडपर्व अफर, यस वर्षको सबैभन्दा ठूलो र आकर्षक अफर भएको कम्पनीको दाबी छ ।

कम्पनीले प्युजो वा सिट्रोन कार किन्ने जो कोहीलाई क्रमशः १६.५० लाख र १५.५० लाख रुपैयाँको लाभ प्रदान गरिने जनाएको छ । 

त्यसैगरी, सिट्रोन वा प्यूजो दुवैले आफ्ना ग्राहकलाई सात लाख रुपैयाँ छुट, एक वर्षको निःशुल्क बीमा, चार महिनाको ब्याजसहित निःशुल्क ईएमआई र एक वर्षसम्म सडक कर निःशुल्क उपलब्ध गराउँदै छन् । 

चाडपर्वको अफर सिट्रोनको सी ५ एयरक्रस मोडलमा र प्यूजोको ३००८ अल्यूर डिजेल मोडलका लागि मात्र मान्य रहने कम्पनीले जनाएको छ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .