कारोबार


चन्द्रपुर, नारायणघाट र हेटौंडामा गल्फ लुब्रिकेन्टको ३ उच्चस्तरीय शोरुम

चन्द्रपुर, नारायणघाट र हेटौंडामा गल्फ लुब्रिकेन्टको ३ उच्चस्तरीय शोरुम

नेपालखबर
मंसिर १८, २०७९ आइतबार १७:५२, काठमाडौँ

गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले तीन स्थानमा नयाँ शोरुम उद्घाटन गरेको छ। 

कम्पनीले चन्द्रपुरमा आफ्नो आधिकारक बिक्रेता जैसवाल ट्रेडिङ कन्सर्न, नारायणघाटमा आशीर्वाद अटो ट्रेडिङ र हेटौंडामा आफ्नो आधिकारक बिक्रेता दिव्या बिजनेस कन्सर्नको  नया शोरुम उदघाटन गरेको हो। 

ग्राहकलाई उच्च सेवा प्रदान गर्न र नेपालकै सर्वाधिक बिक्री हुने गल्फ लुब्रिकेन्ट सजिलै  उपलब्ध गराउन यो नयाँ शोरुमहरु सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ। 

सो शोरुमहरुको उद्घाटन नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले गरेका हुन्। समारोहमा बोल्दै चौधरीले भने, ‘गल्फ एक विश्व प्रसिद्ध लुब्रिकेन्ट ब्रान्ड हो र यो नेपालकै सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड पनि हो। उत्कृष्ट प्रस्तुति र उच्च गुणस्तरका कारण गल्फ लुब्रिकेन्ट नेपाली ग्राहकहरुको माझ निकै लोकप्रिय र विश्वसनीय बनेको हो।’

नेपाल ल्युब आयल लिमिटेडका महाप्रबन्धक गंगाराज भट्टराईले नयाँ शोरुमहरुबाट सबै गल्फ ब्रान्डको उत्पादनहरु ग्राहकमा उपलब्ध गराउने बताए। ग्राहकले यी शोरुमबाट उच्चस्तरीय लुब्रिकेन्ट प्रयोग गर्न पाउने उनको भनाइ छ। 

गल्फले पहिलेदेखि नै सबैभन्दा ठूलो शोरुमहरुको नेटवर्क सञ्चालन गर्दै आएको बताउँदै उनले आगामी दिनमा नेपालभर शोरुम थप गर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .