कारोबार


नेपालगन्जमा एओजी राइड सम्पन्न

नेपालगन्जमा एओजी राइड सम्पन्न

नेपालखबर
मंसिर २६, २०७९ सोमबार १६:३७, काठमाडौँ

नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिबार नेपालगन्ज देखि मेरो प्लानेटसम्म अपाचे ओनर्स ग्रुप (एओजी) राइडको आयोजना गरेको छ । 

३७ जना राइडरहरुको सहभागिता रहेको उक्त कार्यक्रममा अपाचे राइडरहरु यात्राको क्रममा विभिन्न मनोरञ्नात्मक गतिविधिहरूमा संलग्न भए, मेरो प्लानेट पुगेर  कार्यक्रमको अवलोकन गर्दै कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गरेर टीभीएसको प्रशंसा पनि गरे। 

टीभीएसले काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, नारायणी लगायत देशका विभिन्न स्थानमा एओजी राइड कार्यक्रम आयोजना गरेको छ । अत्याधिक रुचाइएको यो अभियान नेपालका अन्य क्षेत्रमा पनि आयोजना गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

राइडका एक सहभागीले नेपालगन्ज यस्तो राइडको आयोजना धेरै थोरै मात्र हुने बताउँदै जगदम्बा मोटर्सलाई नेपालगन्जमा बाइकरहरुको समुदाय बनाएर बाइकिङ प्रविधि सिक्ने मौका दिएकोमा धन्यवाद दिए। 

उनले भने, ‘हामीले फेसबुक र भाइबरका  एओजी राइडर्स नेपाल समूहमा पनि सामेल भयौं जसले हामीलाई आगामी दिनहरुमा टीभीएसले आयोजना गर्ने राइड तथा कार्यक्रमहरूको बारेमा अपडेट राख्नेछ । यसले हामीलाई भविष्यमा पनि यस प्रकारका कार्यक्रमहरूमा भाग लिन उत्सुक बनाएको छ।’ 

सचिन थापाले एओजी कार्यक्रमको सम्पूर्ण जिम्मेवारी लिएका थिए ।  

एओजी, अपाचे बाइक भएका राइडरहरूको समुदाय हो, जुन मोटरसाइकल प्रति उनीहरुको प्रेम, जोश, र लगाव बाड्ने एउटा साझा प्लेटफर्म हो । भारत तथा अन्य राष्ट्रहरूका अपाचे राइडरहरुले बनेको यस समुदायले सम्पूर्ण राइडरहरुलाई एकजुट बनाएर विभिन्न कार्यक्रम तथा साहसिक खेलहरुमा संलग्न गराउँछ । 

जगदम्बा मोटर्स प्रा.लि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो। कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .