कारोबार


चितवन र हेटौंडामा अटो व्यवसायीको विरोध प्रदर्शन

चितवन र हेटौंडामा अटो व्यवसायीको विरोध प्रदर्शन

नेपालखबर
मंसिर २७, २०७९ मंगलबार १६:५३, काठमाडौँ

अटो व्यवसायीहरुले चितवन र हेटौंडामा सरकारी नीतिको विरोध गर्दै प्रदर्शन गरेका छन्। 

अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को संस्थागत सदस्य, बागमती प्रदेशअन्तर्गत रहेका चितवन अटोमोबाइल्स एसोसिएसन र हेटौंडा अटोमोवाइल्स एसोसिएसनले चितवन र हेटौंडामा पनि घेरा हालेर व्यवसायीहरुले शान्तिपूर्ण विरोध कार्यक्रम गरेका छन्। 

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले घोषणा गरेको देशव्यापी आन्दोलन अन्तर्गत ती एसोसिएसनहरुले विरोध प्रदर्शन गरेको हो। व्यवसायीहरुले सरकारविरुद्धका नारा लेखिएका प्लेकार्ड तथा ब्यानर बोकेर नारायणगढको लायन्स चौक र हेटौंडाको बुद्धचोकमा उत्रिएका हुन्। सरकारको पछिल्लो नीतिले अटोमोबाइल्स व्यवसायीहरु नै धराशायी हुन पुगेको उनीहरुको आरोप छ । 

सो धर्ना कार्यक्रममा व्यवसायीहरुले चालू पुँजी कर्जा मार्गदर्शन खारेज, मौद्रिक नीति परिमार्जन, ब्याजदर नियन्त्रण, कोभिड तथा आयात प्रतिबन्धका कारण लामो समय देखि थला परेको अटोमोवाइल व्यवसायको पुनरुत्थानका लागि कर्जामा पुनर्तालिकीकरण, ब्याजदरमा विशेष सहुलियतको व्यवस्था गरिनुपर्ने, अटो लोन फाइनान्सिङ सुविधामा लागेको ५० प्रतिशतको क्याप हटाउनु पर्ने, बैंकको ब्याजदर नियन्त्रण हुनु पर्ने लगायतका मागहरु राखेका थिए। 

व्यवसायीहरुको सो छुट्टाछुट्टै रुपमा सम्पन्न धर्ना कार्यक्रममा उद्योग वाणिज्य संघ चितवन र मकवानपुर उद्योग वाणिज्य संघको समेत ऐक्यबद्धता रहेको थियो । उक्त प्रदर्शनी स्थलमा व्यवसायिहरुले व्याजदर नियन्त्रण गर, सत प्रतिशत नगद मार्जिन व्यवस्था खारिज गर, चालु पुँजी कर्जा मार्गदर्शन स्थगन गर, मौद्रीक नीति परिमार्जन गर लगायतका नाराहरु लेखिएका प्लेकार्डहरु बोकेका थिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .