नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले आफ्नो दशैं तथा तिहार स्किम ‘होण्डाको दशैँको शुभ लाभ’को विजेताहरु घोषित गरेको छ।
योजनाअन्तर्गत ग्राहकहरूले ७ प्रदेशबाट एक–एक जना गरी ७ जनाले, ७ लाख र बम्परमा लक्की ड्रमार्फत १५ लाख नगद उपहार प्राप्त गरेका छन्।
योजनाअन्तर्गत प्रदेश १ बाट सत्य साइ अटो सिटी प्रालिबाट दुर्गा देवी सापकोटा, प्रदेश २ बाट मिशिका इन्टरप्राइजेसबाट अमित कुमार शाह, प्रदेश ३ बाट एसटीसी टेकुबाट मनिशा बज्राचार्य, प्रदेश ४ बाट कुँवर ब्रदर्सबाट कृष्ण कुमार आले, प्रदेश ५ बाट अमृत इन्टरनेशनल प्रालिबाट विष्णु पोखरेल, प्रदेश ६ बाट डाँफे अटोपार्ट्स एनड सप्लायर्सबाट सुनिता खत्री र प्रदेश ७ बाट उमा ट्रेडर्सबाट लक्ष्मण भट्टले १ लाख नगद उपहार प्राप्त गरेको कम्पनीले जनाएको छ।
त्यसैगरी चन्द्र बहादुर थापा (सिद्धिविनायक अटो इन्टरनेशनल प्रालिबाट) ले बम्पर उपहार १५ लाख प्राप्त गरेका छन्।
फाइनान्समा खरिद गरेको ग्राहकहरूलाई पनि बम्पर लक्की ड्रमा सामेल गरिएको कम्पनीको भनाइ छ।
योजनाअन्तर्गत, ग्राहकहरुले स्क्र्याच कुपनमार्फत ७ लाखसम्मको क्यासब्याक र अन्य आकर्षक उपहारहरुका साथै इजी फाइन्यान्सको पनि सुविधा प्राप्त गरेका छन्।
Shares
प्रतिक्रिया