कारोबार


राष्ट्र बैंकका कार्यकारी निर्देशक भन्छन्– अटो क्षेत्रमा नगद मार्जिनको विद्यमान व्यवस्था पुनर्विचार गर्छौँ

राष्ट्र बैंकका कार्यकारी निर्देशक भन्छन्– अटो क्षेत्रमा नगद मार्जिनको विद्यमान व्यवस्था पुनर्विचार गर्छौँ

नेपालखबर
पुस ३, २०७९ आइतबार १४:५३, काठमाडौँ

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले अटो क्षेत्रमा लागू गरिएको नगद मार्जिनको व्यवस्थाबारे राष्ट्र बैंकले पुनर्विचार गर्ने बताएका छन्। 

नेपालखबर प्रालिले नेपालको अटो मोबाइल्स क्षेत्रका समस्या र समाधानका उपायबारे अर्थ मन्त्रालय, राष्ट्र बैंक तथा अटो व्यवसायीमाझ आयोजना गरेको राउन्ड टेबल छलफलमा श्रेष्ठले उक्त कुरा बताएका हुन्।  

उनले भने, ‘अर्थतन्त्र सधैँ स्थिर हुँदैन उतारचढाव हुन्छ। पुसमा आउँदा विदेशी मुद्रा सञ्चित ६ महिनामा साढे २ अर्ब अमेरिकी डलर घटेको थियो। अहिले हामी सुधारको दिशामा छौँ, सुरक्षित छौँ भन्ने स्थिति छ। नगद मार्जिनको कुरा पनि अब सोच्दै छौँ।’

राउन्डटेबल छलफलमा अर्थ मन्त्रालयका अधिकारी, अटो व्यवसायीको सहभागिता थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .