अटो व्यवसायीहरुले बजार चलायमान बनाउन पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरेका छन्।
नेपाल खबरले आयोजना गरेको राउन्ड टेबल डिस्कसनमा बोल्दै नाडा अटोमोबाइल्स एसोसिएसनका उपाध्यक्ष सुनिल रिजालले बजार चलायमान बनाउन इन्धनको मूल्य कम्तीमा ५० रुपैयाँ प्रतिलिटर घटाउनुपर्ने बताएका हुन्।
यसको जवाफ दिँदै मन्त्रालयका सहसचिव तथा नेपाल आयल निगमका सञ्चालक आनन्द काफ्लेले यो तत्काल घटाउन नसक्ने बताए।
अहिले डिजेलको मूल्य घटाउन सक्ने अवस्था नरहेको उनको भनाइ छ।
छलफलमा अटो क्षेत्रका समस्या, समाधानका बारे नाडाका पदाधिकारी, बैंकर, राष्ट्र बैंक र अर्थ मन्त्रालयका अधिकारी सहभागी थिए।
30
Shares
प्रतिक्रिया