कारोबार


भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्प सम्पन्न

भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्प सम्पन्न

नेपालखबर
पुस १९, २०८० बिहिबार १३:४६, काठमाडौँ

नेपालमा गल्फ लुब्रिकेन्टका  उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा ओईएम पार्टनरको रुपमा सहभागी भएको छ।  

जाडो मौसमले दुई पाङ्ग्रे साधनमा नकारात्मक असर पार्न सक्ने हुनाले सो असरबाट सुरक्षित रहन भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्प सम्पन्न भएको कम्पनीले जनाएको छ।  

पुस ५ देखि १४ गतेसम्म सञ्चालित सो क्याम्प काठमाडौं उपत्यकाभरका ५ स्थानमा रहेको  भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस स्टेसनमा सम्पन्न भएको थियो। भेस्पा र अप्रिलिया स्कुटरका ग्राहकहरुलाई लक्षित क्याम्पमा निःशुल्क सर्भिसिङ र गल्फ इन्जिन आयल चेन्ज  प्रदान  गरेको थियो।

सो क्याम्पमा सहभागी २६ सयभन्दा धेरै ग्राहकमध्ये ५ भाग्यमानी ग्राहकलाई लक्की ड्रमार्फत आकर्षक उपहार प्रदान गरिएको थियो। लक्की ड्रबाट रत्न केशरी रंजितकार (भक्तपुर),  रन्जु नेपाल (बनेपा), नविना श्रीश (एकान्तकुना), रोमीका न्यौपाने (गहनापोखरी) र मोनिका श्रेष्ठ (झम्सिखेल) विजेता भएका थिए। 

क्याम्प नेपाल ल्युब आयल र भेस्पा/अप्रिलिया स्कुटरका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रा. लि.को  संयुक्त आयोजनामा भएको हो। 
फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउँछ। 

नेपालमा गल्फ ब्राण्ड विगत ३९ वर्षदेखि लगातार ग्राहकवर्गको रोजाइमा पर्दै आएको छ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .