कारोबार


महिलाहरूको रोजाइमा टाटा टियागो ईभी

महिलाहरूको रोजाइमा टाटा टियागो ईभी

नेपालखबर
फागुन २४, २०८० बिहिबार १३:२५, काठमाडौँ

टाटा मोटर्सको टाटा टियागो ईभीलाई नेपाली महिलाहरुले अत्यधिक मन पराएको कम्पनीले जनाएको छ। 

‘आरामदायी तथा क्लच र गियरको झञ्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो हुने, ठुलो स्क्रिनले गर्दा रिभर्स गर्न र पार्किङ्गका लागि सहज हुने, सीटहरूको उचाइ मिलाएर उकालोमा सजिलै चलाउन सकिने, किफायती र वातावरण मैत्री भएका कारण पनि यस गाडी महिलाहरुको रोजाइमा पर्न सफल भएको छ’, कम्पनीले भनेको छ।  

टाटा ईभी यसको मूल्य तथा साइज कारण पनि महिला ग्राहकहरु यसमा आकर्षित भएका हुन्।

टाटा आफैमा प्रतिष्ठित तथा विश्वसनीय ब्राण्ड भएको र भारतमा निर्मित यस गाडी भौगोलिक हिसावले पनि नेपालका लागि उपयुक्त रहेको छ। टियागो ईभीको इन्टेरिएर र एक्स्टेरिएर दुवैको बनावट पनि उत्कृष्ट एवं आकर्षक छ। 

दैनिक तथा व्यक्तिगत कामकाजका लागि अत्यन्तै उपयुक्त यस गाडीको माग नेपाली बजारमा दिनप्रतिदिन बढ्दै गइरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .